जातीय नारा बोकेर गल्ती भयोः सापकोटा
http://sindhulidarpan.blogspot.com/2012/09/news_2139.html
काठमाडौं, असोज ४ ।
एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले जातीयताका विषयमा पार्टीले गम्भीर गल्ती गरेको स्वीकार गरेका छन् । काठमाडौंमा आज आयोजित साक्षत्कारमा उहाँले एमाओवादीले जातीयताका मात्रै मुद्दा उठाएर गम्भीर गल्ती गरेको बताउनुभएको हो । प्रवक्ता सापकोटाले भन्नुभयो, ‘अब जातीयताको नारालाई छाडेर बर्गीय कुरालाई अगाडि बढाउनु पर्छ ।’
उहाँले नयाँ बन्ने सहमतीय सरकारको नेतृत्वमा आफूहरुको पनि दावी रहने बताउनुभयो । उहाँले विगतका सहमति भत्किएकाले कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने दाबी गर्नुभयो । नयाँ सरकारमा नेतृत्व दाबी गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नबन्ने उहाँको भनाई थियो ।
‘पुरानो सहमति तोडिएको छ,’ उहाँले भन्नुभयो , ‘कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ भनेर ग्यारेन्टी गर्न सकिदैन ।’ उहाँले कांग्रेसले पाँच बुँदे सहमति उलंघन गरेकाले सहमति भत्किएको आरोप लगाउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !