यसकारण तामाङलाई काटे : रखाल


मिनकुमार दाहाल सिन्धुली,असोज ४ । 

वैदेशिक रोजगारमा गएको वेला श्रीमती लाने जारलाई जरायोटार गाँउ विकास समितीका राजकुमार रखालले कुखुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । । श्रीमती लाने जार डम्वरवहादुर तामाङ्गलाई काटेर रखाल सिधै जिल्ला प्रहरी कार्यालयमा आत्मासमर्पण गरेको थिए । राजकुमार रखालले प्रहरी समक्ष जारको व्यवहार सहन नसके पछि आक्रमण गरेको वताएका छन् । राजकुमार रखाल उनकी श्रीमती गिता रखाल र जार डम्वरवहादुर तामाङ्ग काठमाडौंवाट मंगलवार रात्री वसमासँगै सिन्धुली आएका थिए । वसमा सँगै आएका रखालले सिन्धुली वसपार्क झरे पछि विहान करिव साडे चार वजे खुकुरी प्रहरी गरि जार तामाङ्गलाई गम्भीर घाइते वनाएका हुन् । 

वसवाट सिन्धुली झर्ने वित्तिकै तामाङ्गले भन्यो– श्रीमतीलाने जारलाई च्वाट च्वाटी काट् छन् भन्ने सुनेको थिए । तर म उसैको स्वास्नीसँग अँगालो मार्दै आए भन्यो । उसको त्यो वोली सुने पछि  मैले सहनै सकिन मेरो मन परिवर्तन भयो । उसको डरले आत्मा रक्षाको लागी झोलामा वोकेको खुकुरी जारलाई प्रहार गर्न वाध्य भए रुदै रखालले भने  । तामाङ्ले फोनमा गुण्डा लगाएर सिध्याई दिने धम्कि दिएकाले साथमा खुकुरी वोकेर हिडेको रखालले वताए । मेरो तामाङ्लाई मार्ने नियत थिएन । मार्ने भए श्रीमती र तामाङ्गसँगै सुतेको फेला पारेको थिए,त्यती खेरै मैले उनीहरुलाई मारि दिन्थे उनले भने । काठमाडौंवाट सिन्धुली झर्नासाथ उस्ले वोलेको शव्दले मलाई सहनै नसक्ने वनाए पछि आक्रमण गर्न वाध्य भए, रखालले वताए ।

 आठ वर्ष वैदेशिक रोजगारका क्रममा दुवई वस्दा दुःख गरी कमाएको पाँच लाख रुपैयाँ र दुई तोला सुन  लिएर सिता तामाङ् पोइला गएकी  थिई । विदेशमा दुःख गरेर कमाएको रकम खोज्न काठमाडौंमा लुकेर वसेकी श्रीमतीकोमा रखाल काठमाडौं पुगेका थिए । राजकुमारको उजुरीका आधारमा सिता र डम्वरलाई कपन प्रहरीले काठमाडौमा समातेर रात्रीवसमा सँगै सिन्धुली पठाई दिएको थियो । राजकुमारको श्रीमती सिता र डम्वरवहादुर भदौं २२ गते काठमाडौं भागेका थिए । राजकुमार रखालको खुकुरी प्रहारवाट जार डम्वरवहादुर तामाङ्गको टाउको र हातमा गम्भीर चोट लागेको छ । तामाङ्गलाई उपचारको लागी भरतपुर  लगिएको छ । उनको अवस्था गम्भीर रहेको डिएस्पी सानुराम भट्टराइले वताउनुभयो ।
जार काटेर आफै आत्मासमर्पण गर्न प्रहरी कार्यालय आउँदा प्रहरीहरु दङ्ग परेका थिए । भाग्ने अवस्था हुँदा हुँदै पनि रखाल भागेनन् सिधै प्रहरीमा आएर आत्मासमर्पण गरे डिएस्पी भट्टराइले वताउनुभयो ।  रखाल रगतले लतपतिएको कपडा लगाएरै प्रहरीको गएका थिए । केही समय अघि वैदेशिक रोजारवाट घर आएका हत्पते गाविसका एक दनुवारले श्रीमती परपुरुसँग लागेकी भन्दै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको थिए । 

Related

फोटोखबर 3742969833315422405

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item