बाढी पिडीत क्षेत्रको निरीक्षण



पोटराज पहाडी,सिन्धुली,असोज ५ । 

 अविरल वर्षाको कारण चदाह खोलामा आएको बाढीले डुबानमा परेको सिन्धुलीको भिमस्थान गाउ विकास समिती –१ शाखामाणीबजारको निरिक्षण गरिएको छ । जिल्लामा रहेको राजनितिक दल, जिल्ला विकास समिती, जिल्ला प्राधिकरण कार्यालयका प्रमखु तथा प्रतिनिधीहरुको एक टोलीले बिहिबार त्यस स्थलको निरीक्षण गरेको हो ।  बुधबार दिउँसो जरायोटार गाउ विकास समितीमा पर्ने लङ्गुरखोला क्षेत्र तथा बालाजोर गाउ विकास समितीमा परेको अविरल वर्षाका कारण लङ्गुरखोला हुदै चदाहामा आएको बाढी त्यस स्थलमा पसेको थियो । ठूलो बाढी आएका कारण सो बजार क्षेत्रमा बाढी पसेको स्थानीयको भनाई छ । ‘दिउसो ३ बजेतिर खोलामा एक्कासी बाढी आयो र सो बाढी यस बजार क्षेत्रमा पस्योे, स्थानीय रविन्द्र सारु मगरले भन्नुभयो । उनका अनुसार त्यस क्षेत्रमा बाढी पसेपछि त्यहाँका वासीन्दाहरु अन्यत्र भागेका थिए । 

करिब ४२ घरधुरी रहेको त्यस बजार क्षेत्रमा बाढी पसेपछि करिब ४ लाख बराबारको क्षति भएको सोहि स्थानमा पसल गर्दै आएका अमर बहादुर थापाले बताउनुभयो  । उहाँका अनुसार बाढीका कारण दिल बहादुर खलातिको एउटा गोरु समेत बगेको छ । ‘एक्कासी बस्तीमा बाढी पस्यो ’ ६९ वर्षीय थापाले भने–‘अरु सबै जना हारगुहार गर्दै भाग्न थाले आफुचाँहि बगाए पनि बगाओस भन्दै रातभरपनि त्यहि बसे ।’ वर्षाको बेला भएपछि रातभरि नसुति जागै बस्नुपर्ने बाध्यता रहेको बताउदै उहाँले थप्नुभयो –‘पानी परेपछि रातभर निन्द्रा लाग्दैन न खोला पसेर लैजाने होकी भनेर , विहान जिउदै उठ्न पाइन्छ पाइदैन भन्ने डर मनमा राखेर सुत्नुपर्छ ।’

त्यस बस्तिमा बुधबार सहित यसै वर्ष दुइपटक बाढी पसिसकेको छ । यसभन्दा अघि पनि बाढी पसेको तर यस्तो क्षति नगरेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार त्यस स्थानमा केहि वर्ष अगाडी खोलानै बगेको थियो । पछि खोलाले धार परिवर्तन गरेपछि हाटबजारबस्न थालेको हो ।  निरिक्षणका लागि त्यहा पुगेको टोलीले तटबन्धन लगाएपनि खोलो पूरानै धारमा फर्कीन सक्ने भन्दै बस्ति अन्यत्र सार्न सुझाव दिएका छन् । टोलीले त्यस स्थानमा रहेको खेती योग्य जमिन संरक्षणका लागि तटबन्धन  लगाउन सकिने भएपनि मानविय क्षति हुन सक्ने सम्भावना रहेको भन्दै टोलीले बस्ति अन्यत्र सार्न सल्लाह दिएका हुन् ।  साथै कटान नियन्त्रणका लागि चाडै नै समस्या समाधानको उपाय खोजीने टोलीमा सहभागी एमाले नेता प्रदीप कटवाले बताउनुभयो  । उहाँले भन्नुभयो कटान नियन्त्रणका लागि पहल गर्न सकिने भएपनि हुन सक्ने मानविय क्षति रोक्नका लागि भने बस्ति अन्यत्र सार्नु नै फाइदा हुन्छ ।’

निरीक्षण टोलीमा नेपाली काँग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रल्हाद पोखरेल, प्रदिप कटवाल, स्थानिय विकास अधिकारी ध्रुव बहादुर खड्का, पत्रकार लगायत रहेका थिए ।  पछिल्लो समय अविरल वर्षाका कारण सिन्धुलीको मरिण, कमलाखोँच, तथा तिनपाटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ । यसैगरि बर्षादका कारण जिल्लाका पहाडी क्षेत्रका सडक समेत अवरुद्ध हुँदा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको छ ।  

Related

स्थानिय 1176450792464125107

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item