प्रहरीद्धारा घुस फिर्ता



बाग्लुङ, असोज ५  । 

जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत प्रहरीले यौन प्रकरणमा लिएको ४० हजार घुस फिर्ता गरेको छ । बाग्लुङ बजारको समुन्द्र होटलबाट एक जोडीलाई पक्राउ गरी छाड्ने क्रममा घुस लिएको रहस्य खुलासा भएपछि प्रहरीले रातारात रकम फिर्ता गरेको हो ।
सुरुमा सिआइडीले घुस लिएको बताइए पनि अनुसन्धानका क्रममा तत्कालीन प्रमुख इन्स्पेक्टर शिवराज ढुंगानाले रकम लिएको पाइएपछि फिर्ता गरिएको प्रहरीले बताएको छ । घुस प्रकरणमा ढुंगानाको संलग्नता देखिएपछि उनलाई विभागीय कारबाहीका लागि अञ्चल प्रहरी कार्यालयमा तानिएको छ ।
बाग्लुङ तंग्राम–७ का रामु भन्ने धनप्रसाद कँडेल र सोही गाविसकी एक युवतीलाई अवैध यौन क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तर, पक्राउ गरेलगत्तै कँडेल तत्काल जापान जान लागेकाले समस्या हुने भन्दै छाडिदिन भनेपछि कँडेलका परिवार र आफन्तले प्रहरीलाई ४० हजार रुपियाँ घुस दिएका थिए । पैसा नदिए सार्वजनिक मुद्दा लगाएर तत्काल जापानको यात्रा रोकिदिने चेतावनी दिएपछि दिएको पैसा प्रहरीले फिर्ता गरेको कँडेलका आफन्त यमकान्त कँडेलले बताए ।
घुस लिएको समाचार सार्वजनिक भएपछि प्रहरीले इन्स्पेक्टर बद्री श्रेष्ठको संयोजकत्वमा सई शैलेन्द्र खड्का र असई बद्री शर्मा सदस्य रहेको छानबिन टोली गठन गरेको थियो । टोलीले घुस लिएको देखिएको प्रतिवेदन बुझाएपछि ढुंगानालाई विभागीय कारबाहीका लागि भन्दै अञ्चल प्रहरी कार्यालयले तानेको डिएसपी कृष्ण सिवाकोटीले बताए । ‘घुस प्रकरणमा संलग्न ढुंगानालाई थप अनुसन्धान गरी नसियत दिनेसम्मको कारबाही हुन्छ,’ उनले भने, ‘त्यसभन्दा माथिको कारबाही अञ्चल प्रहरी कार्यालयबाटै हुन्छ ।’
अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेले ढुंगानाले पैसा लिएको पुष्टि भइसकेको बताए । ‘घटनामा संलग्नलाई विभागीय कारबाहीका लागि कार्यालय मातहतमा तानेका छौँ,’ उनले भने, ‘अपराधको गाम्भीर्यता हेरेर आवश्यक कारबाही गर्छौं ।’
डिएसपी सिवाकोटी बिदामा राजधानी गएको र निमित्त प्रमुखको जिम्मेवारी ढुंगानाले सम्हालेका बेला घटना भएको आजको सौर्य दैनिकले लेखेको छ । 

Related

संविधानका विवादित विषयबारे छलफल गर्न आज पनि बैठक

काठमाण्डौ,वैशाख ६ । संविधान निर्माणका क्रममा देखिएका विवादहरूमा सहमति जुटाउने उद्देश्यले आज पनि संविधानसभाका प्रमुख तीन दलको बैठक बस्दै छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्...

मधेसी मोर्चा मधेसबाट पतन हुन्छ:यादव

काठमाडौं,  वैशाख ५ ।  मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस स्वायत्त प्रदेश विपरित संघीयतामा सहमति गरे मधेसी मोर्चा मधेसबाट पतन हुने चेतावनी दिनु भएको छ । राजधानीमा ...

अब संविधान समयमा वन्छ:खनाल

काठमाडौं,  वैशाख ५।  एमालेका अध्यक्ष झलनाथ खनालले दलहरु बीच दुई दिन सम्म चलेको छलफलले निर्धारित समयमै संविधान वन्ने संकेत देखिएको बताउनु भएको छ । जाजरकोटका स्थानीय दलका प्रतिनि...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item