सिन्धुलीको रानीचुरीमा कृषि सहकारी स्थापना
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_7473.html
सिन्धुली,असोज ४ ।
सिन्धुलीको रानीचुरी गाविसमा रानिचुरी कृषि सहकारी सँस्था स्थापना भएको छ । हेमलाल विकको अध्यक्षतामा ११ सदस्य कृषि सहकारी सँस्था स्थापना भएको हो । सहकारीको उपाध्यक्षमा टिकादेवी विक, सचिवमा मेघराज कार्की, सहसचिवमा उत्सव मगर, कोषाध्यक्षमा टुक्तविक्रम कुँवर र सदस्यहरुमा विन्दु कुमार श्रेष्ठ, नारायण वं थापा, सनिस्चर सार्की, कुल व. तामाङ्, पवित्रा श्रेष्ठ र हरि व.श्रेष्ठ रहनुभएको छ ।
कृषि क्षेत्रको प्रवद्र्धन गर्ने तथा ग्रामिण स्तरका व्यक्तिहरुलाई पनि कृषि सहकारीमा आवद्ध गराएर आत्मनिर्भर वनाउने उद्देश्यले सहकारीको स्थापना गरिएको अध्यक्ष हेमलाल विकले जानकारी दिनुभयो । आगामी दिनमा सहकारीले कृषि र विपन्न वर्गका लागि काम गर्ने वहाँको भनाई छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !