प्रचण्डका फिल्मकर्मीले रेखालाई बोर्डमा जान नदिने



काठमाण्डौ,असोज ४ । 

प्रधानमन्त्री बाबुराम भट्टराई एवं एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को पावर लगाउदै चलचित्र बिकास बोर्डको अध्यक्ष हुने कसरत गरिरहेकी अभिनेत्री रेखा थापालाई स्वयम प्रचण्ड निकट फिल्कर्मीले बोर्ड जान नदिने भएका छन् ।

रेखाले बोर्डमा जान तिब्र लविङ गरेपछि  माओवादी भातृ संगठन अखिल नेपाल चलचित्रकर्मी मंचले आकस्मिक बैठक राख्दै अहिलेको अवस्थामा रेखा प्रति आफ्नो समर्थन नरहेको  जनाएको हो । बैठकले यदि माओवादी निकट फिल्मकर्मी बोर्ड अध्यक्ष हुनु परेको खण्डमा अभिनेत्री मौसमी मल्ल, संगीतकार लक्ष्मण शेष वा निर्देशक शिवजी लामिछानेलाई चयन गरियोस् भनी निर्णय पनि गरेको छ । फिल्मीखबरलाई दिईएको जानकारी अनुसार संयूक्त हस्ताक्षर सहितको सो निर्णय प्रचण्ड र बाबुरामको टेबलमा केही दिन भित्र पुग्ने छ ।

विवादमा आउन नचाहदै उक्त संघका एक सदस्यले नाम नखोल्ने सर्तमा भने, 'पार्टीसंग सक्रिय भईरहेका अन्य फिल्मकर्मी हुँदा हुँदै रेखालाई तत्कालको अवस्थामा समर्थन गर्न नसकिएको हो ।' फिल्मी बृत्तमा पनि रेखाले बोर्डको रिक्तता पूर्ती गर्न सके पनि काम कारबाही चुस्त ढङ्गले बढाउन नसक्ने समिक्षा पनि भईरहेका छन् । झण्डै एक महिना देखि रिक्त बोर्डको अध्यक्ष हुने दाउमा रहेका मध्ये आजको मिती सम्म आधा दर्जनको नाम बाहिरिएको छ जस मध्ये बरिष्ठताको हिसावले प्रमुख दाबेदारको रुपमा मदनदास श्रेष्ठलाई हेरिएको छ भने त्यसपश्चात प्रदीप उदयलाई ।

बोर्ड अध्यक्ष फिल्ममकर्मी नै हुनु पर्ने दबाब बढेपछि संचार मन्त्री राजकिशोर यादवले आफ्ना कानुनी सल्लहकार सुरेश कार्कीको प्रक्रियालाई अगाडी नबढाएको पनि बुझिएको छ । यस्तै बोर्ड अध्यक्षको लविङमा यदि माओवादी निकट फिल्मकर्मीको दबाब बढेमा मौसमी मल्लको पनि प्रबल सम्भावना भनिएको छ । यस अघि बोर्ड सदस्य हुँदा केही उपलब्धी मुलक कार्य गरेकी मौसमीको २७ बर्षे सक्रियताको आधारलाई मुख्य कडी बनाउदै चलचित्रकर्मी संघले उनी आफ्नो बलियो दाबेदार रहेको घुमाउरो ढङ्गमा ब्यक्त गरेको छ ।

तर, बाबुराम निकट श्रोत अनुसार कसलाई अध्यक्ष बनाउने भन्ने विभिन्न किस्सा पल्टिदै उनको समर्थन प्रदीप उदय प्रति गएको छ । श्रोत अनुसार बाबुरामसंग बुधबार अपरान्ह प्रदीप उदयको गुपचुप भेट पनि भएको फिल्मी खवरले लेखेको छ । 

Related

मनोरञ्जन 7534211033582959028

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item