ईडिभी २०१४ को फारम खुल्दै
http://sindhulidarpan.blogspot.com/2012/09/edv-lottery-news.html
काठमाण्डौ,असोज १४ ।
सन् २०१४ को लागी ईलेक्ट्रोनिक्स डाईभरसिटी भिसा (ईडिभी) को फारम आउदो अक्टोवर २ वाट खुल्ने भएको छ । अक्टोवर २ देखी नोभेम्वर ३ तारिखसम्म डिभी भर्न सकिने अमेरिकी विदेश विभागले जनाएको छ । नेपालमा भने डिभी फर्म नखुलिकनै केहि सस्थाहरुले अग्रीम दर्ता सकंलन सुरु गरेका छन् ।
डिभिको आधिकारी बेवसाईट डिभिलट्री डटस्टेट डटजिओभी हो, यहाँ गएर आफ्नो नाम,ठेगाना,शैक्षिक योग्यता, एवं स्पष्ट तस्विर लगायत राखेर आफैलेपनी फर्म भर्न सकिन्छ ।
यो वर्ष भरिएको डिभिको नतिजा भने सन् २०१३ मे १ मा निस्कने छ । यो चिठ्ठा कार्यक्रम भर्नको लागी न्युनतम दश जोड दुई पास भएको हुनुपर्ने छ । एसियन राष्ट्र भारत, चिन, पाकिस्तान, वगंलादेश, फिलिपिन्स, दक्षिण कोरिया, हङकङ लगायत अन्य १८ भन्दा वढी देशका नागरिकले भने डिभी भर्न पाउदैनन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !