रामेछापमा राहदानी लिने बढे



रिता मगर, रामेछाप, असोज १४ । 

 जिल्ला प्रशासन कार्यालय रामेछापमा बैदेशिक रोजगारीमा जानको लागि राहदानी लिनेको संख्यामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०६८/०६९ मा कार्तिक २५ गतेदेखि राहदानी लिन आउने ९ महिनामा ५ हजार ३ सय ५९ जनालाई राहदानी  लिनको लागि सिफारिस गरेको जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १ हजार १ सय ३९ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट राहदानी लिने र सोही कार्यालयबाट राहदानी लिनको लागि सिफारिस गरेको जनाईएको छ ।

 ति मध्ये गत आ.व.को समेत गरेर ३ सय १५ जनाले राहदानी लगिसकेको कम्प्युटर अपरेटर गणेश थापाले बताउनुभयो । राहदानीका लागि जिल्लाका विभिन्न स्थानबाट दैनिक २० देखि ३० जना आउने गरेको जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले बताउनुभयो । २०६७÷६८मा ५ हजार १ सय १३ जनाको फारम रुजु भएको थापाले बताउनुभयो । २०६६ चैत्र १८ गतेबाट हस्तलिखित राहदानी वितरण रोक्का भएको थियो ।

Related

विविध 5437521545587542162

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item