महोत्तरी जंगलबाट अवैध काठ बरामद
http://sindhulidarpan.blogspot.com/2012/09/forest.html
महोत्तरी,असोज १४ ।
महोत्तरीको रामनगरमा गएराती जंगलबाट अवैध रुपले ल्याइरहेको काठ प्रहरीले बरामद गरेको छ । रामनगर ५ बाट अवैध ढंगले ल्याईरहेको २५ क्युफिट सखुवाको काठ ३ गोली, १ थान टायरगाडा पनि प्रहरीले नियन्त्रणमा लिएको हो । सगरनाथ बन परियोजनाका शाखा अधिकृत लालबाबु यादवको नेतृत्वमा गएको गस्ती टोलीले अवैध काठ फेला पारेको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !