विपी राजमार्गमा बसको ठक्करबाट एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/09/i_30.html
प्रकाश सुन्दास, काभ्रे,असोज १४ ।
विपी राजमार्गअन्र्तगत काभ्रेको मंगलटार गाविसमा आज यात्रुवाहक बसको ठक्करबाट एक स्कुले बालकको मृत्यु भएको छ । नेपालथोकबाट बनेपा तर्फ आइरहेको ना १ ख ९३६७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट मंगल जनविजय उच्च मावि मंगलटारको कक्षा १० मा पढ्दै गरेका भीमखोरी गाविसका १५ बर्षिय सञ्जिव तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते तामाङको उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख (एसपी) गिता उप्रेतीले जानकारी दिनुभयो । तामाङको मृत्युपछि उचित क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले अहिले बीपी राजमार्गको मंगलटार सडक खण्ड अवरुद्ध पारेका छन् । अवरुद्ध राजमार्ग खुलाउन इलाका प्रहरी कार्यालय मंगलटारले नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी बल परिचालन गरिएको छ । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !