प्रवेश बस्नेत कारबाहीमा


काठमाडौं,  असोज १४ । नेपाल विद्यार्थी संघले कांग्रेस सभापति सुशील कोइरालालाई आक्रमण गर्ने प्रवेश बस्नेतलाई कारबाही गरेर संगठनबाट निस्कासित गरेको छ । नेविसंघका अध्यक्ष रञ्जीत कर्णले आज विज्ञप्ति जारी गरेर बस्नेतलाई दुई बर्षका लागि संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

सभापति कोइरालालाई शनिबार काठमाडौंको कपनमा क्षत्रे नम्वर चारको क्षेत्रीय सम्मेलनको उद्घाटनका क्रममा मञ्चमै पुगेर बस्नेतले आक्रमण गरेका थिए । कोइरालालाई प्रहार गरेको झ्यालको फ्रेमले लागेर तीन जना सामान्य घाईते भएका थिए  । 

Related

राष्ट्रिय 3707803949828385527

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item