सरकारको एमआरपी सिन्धुलीमा कार्यान्वयन भएन
http://sindhulidarpan.blogspot.com/2012/09/mrp.html
विदुर पौडेल, सिन्धुली, असोज १४ ।
सरकारले अत्यावश्यक वस्तुमा अधिकतम मुल्य तोकेको २ हप्ता भईसक्दा पनि यसको प्रभावकारिता सिन्धुलीमा भने देखिएको छैन । धेरैजसो ब्यापारीहरुले पुरानै भाउमा अत्यावश्यक वस्तुको बिक्रि गरिरहेको सिन्धुलीका उपभोक्ताले गुनासो गरेका छन । उपभोक्ताले बजार मुल्य तोक्नु अघि र पछि मुल्यमा त्यति फरक नपाएको बताएका छन । कतिपय खुद्रा पसलले सरकारले तोकेको मुल्यसूची नै राखेका छैनन् ।
जिल्ला अनुगमन समितिले बजारको अनुगमन गरेको समाचार बारम्बार आउने गरेपनि बजार मुल्यलाई भने समितिले कुनै वास्ता नगरेको उनीहरुले आरोप लगाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्तमा गठित समितिले बारम्वार बजारको अनुगमन गरेपनि त्यस तर्फ चासो नदिएको उनीहरुको भनाई छ ।

सरकारले तोकेको बजार मुल्य कार्यन्वयनको लागी सिन्धुली उद्योगबाणिज्य संघलाई मुल्य निर्धारण गरी तत्काल मुल्य सुचि उपलब्ध गराउन निर्देशन दिइ सकेको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले बताउनुभयो । उहाँले एमआरपी मुल्यसूची नराखेका ब्यापारीलाई कारबाही हुने बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !