पत्रकारिता पुरस्कार कल्याणकारी कोषको स्थापना




बागलुङ,भदौ २६ । 

नेपाल प्रेस युनियन बाग्लुङले पत्रकारिता पुरस्कार र कल्याणकारी कोष स्थापना गरेको छ । मोफसलमा रहेर काम गर्ने पत्रकारलाई पुरस्कृत गर्नको लागि कोषको स्थापना गरेको युनियनले जनाएको छ । १ लाख राशीको नारायणनन्दकुमारी पत्रकारिता पुरस्कारको स्थापना गर्न बाग्लुङ नगरपालिका २ का कर्णबहादुर हमाल, होम बहादुर हमाल, नगेन्द्र बहादुर हमाल, मकर हमाल, पुर्ण हमालले बाबु—आमाको नाममा कोषको स्थापना गर्नु भएको हो । स्थापना गरेका हुन् । कोषबाट बार्षिक रुपमा एक जना पत्रकारलाई सम्मान गर्ने युनियनका सभापति दिलीप पौडेलले बताउनुभयो । त्यसै अप्ठ्यारोमा परेका पत्रकारलाई सहयोग गर्न  १ लाख रुपैयाँको प्रेस युनियन कल्याणकारी कोष पनि स्थापना भएको छ । कोषको लागि क्यानाडामा रहेका युनियनका केन्द्रीय सदस्य दीपक गौतमले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

Related

विविध 3537420691542199708

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item