तेह्र वर्षमा पनि बिजुली बलेन
http://sindhulidarpan.blogspot.com/2012/09/news_7819.html
ताप्लेजुङ,भदौ २६ ।
ताप्लेजुङको सुरुम्खिम गाविसमा तेह्र वर्षअघि निर्माण सुरु भएको लघुजलविद्युत आयोजनाबाट अझै विजुली बल्न सकेको छैन । गाविसमा रहेको याम्फा खोलाबाट निकालिएको २० किलोवाट क्षमताको उक्त आयोजनाको पावर हाउस भित्रको सामान परीक्षण प्रशारणमै विग्रिएपछि विजुली बल्न नसकेको हो । स्थानीय विकास मन्त्रालय अन्तर्गत दुर्गम क्षेत्र विकास समितिले ताप्लेजुङको सुरुम्खिम गाविसमा २९ लाख खर्च गरेरयो आयोजना निर्माण गरेको थियो । २०५६ सालमा बिद्युत निर्माणको ठेक्का पाएको राधा स्ट्रक्चर प्रालि सिनामंगल काठमाण्डौले काम नसकेरै फर्किएपछि विजुली नबलेको स्थानीयबासीले बताएका छन् । तार टाँग्न प्रयोग भएका काठका पोल लडेकाले हिडडुल गर्न तथा खेतवारीमा काम गर्न समेत समस्या भएको छ । गतवर्ष गाविस अनुदान कोषको
७ लाख रुपैँयाले केही ठाउँमा फलामे पोल गाडिएको छ भने अन्य ठाउँमा काठ
तथा बाँस प्रयोग गरिएको छ । बिद्युतगृह पनि संरक्षणको अभावमा जोखिममा परेको छ । बिजुली नबलेपछि स्थानीय उपभोक्ताहरुले मर्मत सम्भारमा चासो देखाएका छैनन् । दुर्गम क्षेत्र विकास समितिको कार्यालय र राधा स्ट्रक्चर एण्ड प्रालिको लापरबाहीले विजुली बल्न नसकेको बिद्युत उपभोत्ता समितिका अध्यक्ष रामप्रसाद इम्बुङले बताउनुभयो । दुई सय भन्दा बढी सुरुम्खिमवासीले करिब १० लाख भन्दा बढी जनश्रमदान गरे पनि अहिले विजुली बाल्न नपाउनु आफूहरको दुर्भाग्य भएको इम्बुङको भनाइ छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !