तरुण दलको मध्यमाञ्चलस्तरीय प्रशिक्षण आजबाट काभ्रेमा




प्रकाश सुन्दास काभ्रे ,भदौ २६ । 
नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको मध्यमाञ्चल स्तरीय प्रशिक्षण आजबाट काभ्रेमा सुरु हुदैछ । बनेपामा हुने प्रशिक्षणको आज पहिलो दिन तरुण दलले बृहत सभाको आयोजना गरेको छ । सभाालाई बरिष्ठ नेता शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, शंकर भण्डारी, तरुण दलका केन्द्रीय अध्यक्ष उदयसम्शेर राणा लगातका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । 

तरुण दल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षणमा मध्यमाञ्चलका १९ जिल्ला कार्यसमितिबाट अनिवार्य १ जना महिला सहित ३÷३ जना सहभागि हुने तरुण दलका केन्द्रीय सदस्य महेश खरेलले जानकारी दिनुभयो । भोली सम्म चल्ने प्रशिक्षणमा पार्टीको केन्द्रीय समितिले पारित गरेका विभिन्न निर्णय, पार्टी सुदृढीकरणमा युवा भूमिका र राष्ट्रिय राजनीतिका बारेमा छलफल हुने बताइएको छ । 

Related

विविध 7785758949716138816

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item