जनकपुरमा एक महिलाको शव भेटियो


जनकपुर असोज ६ । 


जनकपुरको धनुष सागर पोखरीमा आज बिहान एक महिलाको शव फेला परेको छ । धनुष सागर पोखरीको पूर्वी  किनारमा पहाडी मूलको करिब ४० वर्षको जस्तो देखिन महिलाको शव फेला परेको हो । आकासे रंङ्गको साडी तथा हातमा घडी लगाएको अवस्थामा महिलाको शव फेला परेको हो ।  शवका बारेमा अनुसन्धान भइरहेको अपराध शाखा धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले बताउनुभयो । महिलाको हत्या गरेर पोखरीमा फालिएको हुन सक्ने प्रहरीले आशंका गरिएको छ ।

Related

विविध 3382446239085256539

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item