भट्टराई ‘लाल दलाल’ : माओवादी



काठमाडौं, असोज  १३ ।

 नेकपा–माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ‘लाल दलाल’को संज्ञा दिएको छ । नेकपा–माओवादीका जनवर्गीय संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री भट्टराईको नामै नलिएर उनलाई भारतीय विस्तारवादको नयाँ तथा ‘लाल दलाल’को आरोप लगाएका हुन् ।
‘नेपालमा केही महिनादेखि भारतीय विस्तारवादका नयाँ तथा ‘लाल दलाल’हरु सत्तासीन बनेर बिप्पालगायतका सम्झौता गरेका छन्,’ जारी विज्ञप्तिमा उल्लेख छ,’ ‘माथिल्लो कर्णाली, अरुण तेस्रो जस्ता राष्ट्रघाती सन्धिहरु गर्ने, अन्तर्राष्ट्रिय विमानस्थललगायतका विमानास्थलहरुको सञ्चालन गर्ने जिम्मा भारतीय कम्पनीलाई दिने लगायतका कार्य भएका छन् ।’

नेकपा–माओवादीले भट्टराईका कूकृत्यले मुलुकको राष्ट्रिय स्वाधीनता एवम् सार्वभौमिकतामाथि खतरा पैदा भैरहेको आरोप लगाएको छ । त्यसै गरेर नेकपा–माओवादीले पेट्रोल, डिजल, ग्याँसलगायतका दैनिक उपभोग्य वस्तुहरु ओसार पसार गर्ने भारतीय गाडीहरुको आवागमनमा कुनै अवरोध नगरेको जनाएको छ । ‘दैनिक उपभोग्य सामान ल्याउने सवारी साधनमा अवरोध छैन,’ उनीहरुले भनेका छन्, ‘नेपाल भित्राइएका गाडीहरु फर्कन पनि कुनै अवरोध छैन ।’

उनीहरुले नेपालीप्रति वितृष्णा जगाउने, अपमान गर्ने, होच्च्याउने, अश्लील, छाडा एवं सांस्कृतिक विकृति–विसंगति फैलाउने, भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाउने पार्टीको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएका छन् ।

Related

राष्ट्रिय 9013842620766451167

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item