सिन्धुलीमा ९० हजार चोरी


ध्रुवचन्द्र खड्का 
सिन्धुली,असोज २७ ।


सिन्धुली माडि वजारमा शुक्रवार ९० हजार नगद सहित अन्य सामानहरु चोरी भएको छ । सिन्धुलीको डाडीगुराँसे वेल्टार  निवासि लालवहादुर स्याङ्तानको नगद सहित तीनवटा नागरिकता, एउटा पासपोर्ट, एक थान मोवाइल र एउटा चस्मा भएको झोला नै चोरी भएको स्यांतानले वताएका छन् । दशँ खर्च भनेर विदेशवाट छोराले पठाएको पैसा विहान ११ बजे आइएमइवाट निकालेर ल्याएका स्यांतानको झोला दिउँसो करीव २ बजेतिर नगरपालिका अगाडिवाट चोरी भएको हो ।

स्यांतानको शरिरमा चिलाउने कुरा हालिदिएको र आइएमइवाट पैसा निकालेदेखि नै आफूलाई पाकेटमारहरुले पछ्याएको हुनसक्ने पिडित स्यांतानले वताउनुभयो । आफ्नो शरिर धेरै चिलाउन थालेपछि बसपार्क अगाडि पुगि झोला भुँइमा राखि कपडा खोलेको र केहि समयपछि हेर्दा झोला नभएको उनको भनाइ छ ।  चोरी गर्ने व्यक्ति कस्तो हुल्याहाको थियो भन्ने आफूलाइ जानकारी नभएको स्यांतानले वताउनुभयो । पाकेटमारले पैसा लगेपनि पासपोर्ट र नागरिकता मात्रै भट्टापनि आफू सन्तुष्ट हुने स्यांतानको अपेक्षा छ । प्रहरीले हिजोदेखि नै पाकेटमारको खोजतलास गरेपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

दशैँ मनाउन छोराले पठाएको पैसा चोरी भएपछि अहिले स्यांतान निकै चिन्तित भएका छन् । पैसा चोरी भयो, अव घरमा कसरी दशैँ मनाउनु भन्दै स्यांतानले गुनासो पोख्नुभयो ।  साथै वहाँले पाकेटमार को हो चाँडै खोजी गरिदिन पनि प्रहरी प्रशासन समक्ष आग्रह गर्नुभएको छ ।

Related

स्थानिय 1652986594798326790

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item