प्रधानमन्त्रीको वसाई आज महोत्तरीको मुसहर बस्तीमा

http://sindhulidarpan.blogspot.com/2012/10/pm_13.html
काठमाण्डौ,असोज २७ ।
हरेक महिनाको एकपटक जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई तराईको जिल्ला महोत्तरीको मुसहर बस्तीमा जाँदै हुनुहुन्छ । उहाँ महोत्तरीको फुलकाह गाविसमा पर्ने मुसहर बस्तीमा बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री स्थानीय विसनी मुसहरको घरमा बास बस्नुहुने व्यवस्था मिलाइएको छ ।
प्रधानमन्त्री आफ्नो बस्तीमा आउने थाहा पाएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । उनीहरू सरसफाइ र प्रधानमन्त्रीको स्वागतका लागि विशेष तयारीमा जुटेका छन् । प्रधानमन्त्री दिउँसो पौने ४ बजे काठमान्डुबाट जनकपुर हुँदै महोत्तरी पुग्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा १६ सदस्य रहने उहाँका निजी सचिवालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !