एनसेल कप फुटबलको उपाधिको लागि आज मनाङ र आरसिटीबीच भिडन्त हुँदै

http://sindhulidarpan.blogspot.com/2012/10/sports_13.html
काठमाण्डौ,असोज २७ ।
एनसेल कप फुटबल प्रतियोगिताको उपाधि हात पार्नका लागि आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रानीपोखरी कर्नर टिम आरसिटीबीच भिडन्त हुने भएको छ । दुवै टोली सशक्त भएकोले आजको फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । मनाङ र आरसिटीलाई नेपाली फुटबल इतिहासमा दरिलो इतिहास बनाउन सफल टोलीहरूको रूपमा लिने गरिन्छ ।
आरसिटी, मध्यपुर युथ एशोसिएसनलाई र मनाङ नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिता गएको भदौ २८ गतेदेखि सुरु भएको हो । प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले सात लाख रुपैयाँ पुरस्कार स्वरुप हात पार्नेछन् । फाइनल खेल काठमान्डुको दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !