दुई समुहविच हानाहान,लामा गम्भिर घाईते



सिन्धुपाल्चोक,असोज २६ । 

मेलम्ची खानेपानी आयोजना प्रभावित १४ गाविसमा गठीत ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिको दोस्रो साधारण सभामा नेतृत्वको विषयलाई लिएर भएको झडपमा एमाले कार्यकर्ता सोमर लामा गम्भीर घाईते भएका छन् । आज मेलम्चीमा भएको साधारणसभामा राप्रपााका उम्मेदवार नोर्साङ लामा समर्थक मानसिं तामाङलामाको आक्रमणवाट एमाले कार्यकर्ता लामा घाईते भएका हुन् । घाइते लामालाई उपचारका लागि काठमाडौं लगिएको छ । उनको शिक्षण अस्पताल महारागञ्जमा उपचार भईरहेको ईलाका प्रकारी कार्यालय मेलम्चीका निरीक्षक लोकहरी खनालले जानकारी दिए ।

मेलम्ची नजिकैको एक होटलमा खाना खाईरहेका लामालाई काठमाडौंवाट हातहतियारहित आएका तामाङ नेतृत्वकोे समूहले आक्रमण गरेको थियो । समूहमा करिब ५० जना रहेको स्थानीयले जानकारी दिएका छन् । निर्वाचनका लागि एमाओवादी र एमालेको गठबन्धन बनेको छ भने कांग्रेस, राप्रपा र नेकपा–माओवादीको अर्को गठबन्धन छ । आयोजनाले प्रभावित १४ गाविसमा सामाजिक उत्थानको कार्यक्रम सञ्चालनका लागि बार्षिक साढे ६ करोडभन्दा बढी रकम दिंदै आएको छ ।

Related

राष्ट्रिय 61541205943392803

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item