महोत्तरी प्रहरीद्वारा विशेष सुरक्षा योजना सार्वजनिक

http://sindhulidarpan.blogspot.com/2012/10/mahottari_13.html
बर्दिबास,असोज २७ ।
नजिकिदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरी नायव उपरिक्षक कुशलपुरुष ढकालले रेडियो सुनगाभा संग कुराकानि गर्दै चाडबाडका लागि भन्दै बिशेष सुरक्षा योजना सार्वजनिक गर्नुभयो । ढकालका अनुसार चाडवर्पलाई लक्षित गर्दै राजमार्गको १८ किलोमिटर भित्र विभिन्न गस्तीहरुलाइ सकृय बनाइएको छ । जसमा सवारी क्रसिङ गस्ती , पैदल गस्ती लगाएत रहेका छन् ।
त्यसैगरी जिल्लाका विभिन्न संवेदनशिल स्थानहरुलाइ लक्षित गरी पिकेट गस्ती पनि राखिएको प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिनुभयो । पिकेट गस्तीले तोकिएको स्थानमा सुरक्षा प्रदान गर्नेछ । यस्तै जिल्लाभरी रहेका इलाका प्रहरी कार्यालयलाइ पनि इलाका भित्र शान्ति सुरक्षा कायम गर्न निर्दशन दिइएको छ । चाडबाडका क्रममा सर्वसाधारणलाइ चाडोभन्दा चाडो सुरक्षा प्रदान गर्नका लािग क्युआरटि सेवा पनि राखिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !