सञ्चारमन्त्री यादव दुबई प्रस्थान



काठमाण्डौ,असोज २७ । 

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव अन्तर्राष्ट्रिय दूरसञ्चार संघको सम्मेलनमा सहभागी हुन आज संयुक्त अबर इमिरेट्सको दुबई प्रस्थान गर्नुभएको छ । सात दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन ५ जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सञ्चार मन्त्री यादव दुबई प्रस्थान गर्नुभएको हो । 
सम्मेलनमा दूरसञ्चारको राष्ट्रिय/अन्तर्राष्ट्रिय नीति, दूरसञ्चारसँग सम्बन्धित उत्पादन र प्रविधिबारे छलफल हुनेछ । भ्रमणका क्रममा सञ्चारमन्त्री यादवले युएईका सूचना तथा सञ्चारमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा दुई पक्षीय हित र नेपालको दूरसञ्चार क्षेत्रमा युएईले गर्ने लगानीको आवश्यकता र सम्भावनाबारे समेत छलफल हुने मन्त्री यादवले बताउनुभयो ।

Related

विविध 8277892574594389138

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item