शसस्त्र समूहका हतियार बुझ्न प्रहरीद्धारा अस्वीकार
http://sindhulidarpan.blogspot.com/2012/10/police.html
कपिलबस्तु ,असोज १५ ।
सयुंक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाले कपिलबस्तुमा रहेका हतियार जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई बुझाउन खोजेपनि प्रशासनले भने हतियार बुझ्न अस्वीकार गरेको छ ।
२०६८ मंसीर ८ मा सरकारसँग भएको युद्ध विराम पछि विभिन्न जिल्लामा मोर्चाले हतियार बुझाए पनि कपिलबस्तुमा भने हतियार बुझाउन खोज्दा प्रहरी उपरिक्षकले नमानेकोे मोर्चाका सम्योजक कौटिल्या शर्माले आरोप दिनुभयो । प्रशासनले भने यस बारेमा केही पनि बताएको छैन । मार्चाले अहिले सम्म बाँके र सर्लाहि जिल्ला प्रशासन मार्फत सरकारलाई हतियार बुझाइसकेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !