रिचार्ज कार्डमा समस्या बढ्दो



दार्चुला,असोज १५ । 
नेपाल टेलिकमको नमस्ते रिचार्ज कार्डको पीन नम्बर मेटिने समस्या दार्चुलामा बढ्दै गएको छ । दार्चुलामा दैनिक ८÷९ जना रिचार्ज कार्डको समस्या लिएर टेलिकम आउने गरेको दार्चुला टेलिकम प्रमुख चन्द्रमान पालीले बताउनुभयो । दुई साताअघि टेलिकमले जारी गरेको रिचार्ज कार्डमा देशव्यापी नै समस्या आएको छ उहाँले भन्नुभयो । 

असोज पहिलो सातादेखि हालसम्म १ सय २६ जना रिचार्ज समस्या लिएर टेलिकम पुगेका छन् । उपभोक्ताहरुले रिचार्ज कार्ड कोट्याउने वित्तिकै पिन नम्बर मेटिने समस्या आएपछि टेलिकममा रिचार्ड कार्डको समस्या लिएर आउनेको संख्या बढेको हो । यसैगरी दार्चुलामा एनसेल रिचार्ज कार्डमा व्यापारीहरुले तोकेको मूल्य भन्दा बढि मूल्य लिने गरेको पाइएको छ । एनसेलको रु ५० को रिचार्ज कार्डमा ५५ रुपैयाँ लिने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 

Related

प्रविधि 3945695030818654981

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item