सडक निर्माण कार्य सुरु
http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli.html
सिन्धुली असोज १५ ।
सिन्धुलीको वस्तिपुर गाविसदेखी हायुटार, चन्चनपुर, भैँसे आँपघारी हुँदै दुम्जा जोड्ने ३२ किलोमिटर सडक निर्माण कार्य हिजोवाट सुरु भएको छ । कुनै पनि संघ सँस्थाले आर्थिक सहयोग नगरेकाले स्थानिय जनश्रमदानवाटै करिव ५ सय जनाको उपस्थितीमा सडक निर्माण कार्य सुरु गरिएको गाविसका प्राविधिक सहायक शम्भु योन्जनले जानकारि दिनुभयो ।
सडक निर्माण कार्य यहि असोज १७ गतेसम्म जारी रहने वताइएको छ । जुनसुकै संघ सँस्थालाई गुहार्दापनि सहयोग नपाएपछि स्थानिय जनश्रमदान वाट नै सडक निर्माण गरेर देखाउने प्रतिवद्धताका साथ सडक निर्माणमा जुटेको स्थानियलाई उध्रीत गर्दै प्राविधिक सहायक योन्जनले जानकारि दिनुभएको छ । यहि १७ गतेसम्ममा सडक निर्माण कार्य सम्पन्न गरि त्यस स्थानसम्म गाडि पु¥याउने योजना रहेको वताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !