खिम्ती ढल्केवर २२० केभी परियोजनाको ज्याजती
http://sindhulidarpan.blogspot.com/2012/11/220kv.html
सिन्धुली कात्तिक २९ ।
खिम्ति ढल्केबर २ सय २० केभी प्रसारण लाईन परियोजनाको सर्वेको क्रममा स्थानीय जनतामाथि प्रहरी ज्याजती भएको भन्दै नेकपा एमाले सिन्धुली,नेपाल आदिवासी जनजाती महासंघ सिन्धुली,आदिवासी जनजाती सञ्जाल र ताम्सालिङ् नेपाल राष्ट्रिय दल सिन्धुलीले भिन्ना भिन्नै प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित स्थनीय जनताको सहमती र मञ्जुरी विना परियोजनाको कार्य अगाडी बढाइएको उल्लेख छ ।
जनताको सहमति विना प्रहरी प्रशासनको बलका भरमा अगाडी बढाएको परियोजना विरूद्ध हुने संघर्षको कार्यक्रमहरूप्रती आफुहरुको पूर्ण समर्थन रहने सो विज्ञप्तीमा जनाइएको छ । त्यस्तै अन्तर पार्टि महिला सन्जाल सिन्धुलीले पनि प्रेश विज्ञप्ती जारी गर्दै घटनाको विरोध तथा भत्र्र्सना गरेको छ । विज्ञप्तीमा जनताको न्यायोचित मागलाई सुनुवाइ नगरी राज्यका तर्फवाट वल प्रयोग गर्ने कार्यले दिर्घकालीन समस्या सृजना हुने भन्दै सहमती र सहकार्यमा समस्याको समाधान गर्नुपर्ने उल्लेख गरिएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !