भवन निर्माणका लागी देउँसी कार्यक्रम सम्पन्न

कृष्ण अधिकारी 
सिन्धुली, कार्तिक २९ ।

सिन्धुलीको कमलामाई –६ राममाढीको श्री सिद्धस्थान सामुदायिक बन उपभोक्ता समुहले बन उपभोक्ता समुहको भवन निर्माणका लागी  सामुहिक देउँसी कार्यक्रम सम्पन्न गरेको छ । कनपा–६ राममाढीका स्थानियहरुले आज राममाढी गोलघरमा सामुयिक देउँसी खेलेका हुन् । श्री सिद्धस्थान सामुदायिक बन उपभोक्ता समुहको भवन निर्माणका लागि बन समुहका अध्यक्ष लोक बिक्रम थापाको नेतृत्वमा खेलिएको देउँसीमा ५० हजार रुपैयाँ संकलन भएको समुहका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

  यसरी सामुहिक काममा लगानी गर्ने उद्देश्यले खेलिएको देउँसीमा आ–आफ्नो गक्ष अनुसारको रकम सहयोग गर्न पाउँदा स्थानियवासीहरु पनि खुसि भएका छन् । अध्यक्षले दिएको जानकारी अनुसार  यसैवीच सिन्धुली कला तथा साँँस्कृतिक प्रतिष्ठान इशाक सिन्धुलीले पनि आज देउँसी कार्यक्रम गरेको छ । माडि बजारका विभिन स्थानमा खेलिएको देउँसी कार्यक्रमवाट संकलन गरिएको रकम प्रतिष्ठानले सँस्थागत रुपमा खर्च गर्ने प्रतिष्ठानकी अध्यक्ष पवित्रा कर्माचार्यले जानकारी दिनुभयो ।

Related

स्थानिय 7999299082507253914

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item