आज गाई, गोरु पूजा र म्हः पूजा गरिदै



काठमाण्डौ,कात्तिक २९ । 

हिन्दु नेपालीहरुको दोस्रो ठूला चाड तिहारको परेवा तिथिका दिन आज देशभर परम्पराअनुसार गाई र गोरु पूजा गरिदैछ । नेवार समुदायमा आजै म्हःपूजा गरिँदै छ । गाईलाई लक्ष्मीको प्रतीकका रूपमा सिंग, खुरमा तेल र जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ । यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । आजको दिनमा मीठोमीठो खाने कुरा बनाएर गाई र गोरुलाई खुवाउने गरिन्छ । आज नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला भएर म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।
आजकै दिनदेखि नेपालको मौलिक संवत् नेपाल संवत् ११३३ को नयाँ वर्ष पनि सुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले विसं. २०५६ मङ्सिर २ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यसैगरी गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद्द्वारा विसं. २०६५ कात्तिक ७ मा राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रतिपादित यस संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल सम्वत् ११३३ सुरु भएको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा  शुभकामना व्यक्त गर्नुभएको छ ।   शुभकामना सन्देशमा प्रधानमन्त्री डा भट्टराईले नेपालीहरूको मौलिक सम्वत्को रूपमा रहेको नेपाल सम्वत्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव गाँस्नमा सहयोग गरेको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज भक्तपुरको मध्यपुरथिमिको शङ्खधर चोकमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्दै नेपाल संवतको अवसरमा निकालिने ¥यालीको उद्घाटन गर्नु हुने भएको छ ।

Related

विविध 5014298595818963542

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item