दलहरुले तिहारअघि औपचारिक छलफल नगर्ने



काठमाण्डौ,कात्तिक २९ । 

राष्ट्रपति डा रामबरण यादवले बजेट ल्याउने बारेमा सहमति गर्न दलका नेताहरुलाई सुझाव दिए पनि तिहारअघि दलहरुले औपचारिक रुपमा छलफल नगर्ने भएका छन् । राष्ट्रपतिले हिजो आफ्नै निवास शीतलनिवासमा बोलाएर प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर बजेट लगायतका बिषयमा जसरी पनि सहमति गर्न आग्रह गर्नु भएको थियो । एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले सीआईएनसँग कुरागर्दै तिहारअघि दलका नेताहरुबीच अनौपचारिक कुराकानी भए पनि सार्थक वार्ताको सम्भावना नरहेको बताउनुभयो । 

सबै दलका नेताहरु तिहारको मौका पारेर जिल्ला केन्द्रीत भएका कारण पनि औपचारिक छलफलको कम सम्भावना रहेको सापकोटाको भनाइ छ । हिजो राष्ट्रपतिसँगको भेटमा प्रमुख चार शक्तिका शीर्ष नेताहरुले मंसिरको पहिलो सातासम्ममा सहमति गर्ने प्रतिबद्वता जनाएका थिए । नेपाली काङ्ग्रेसमा भने प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा दिएको अवस्थामा पार्टीको अडानमा लचिलोहुँदै सहमतिको वातावरण मिलाउनुपर्ने बिषयमा कुरा चलेको छ । सीआईएनसँगको कुराकानीमा नेता डा मिनेन्द्र रिजालले सहमतिको बाधकनै बर्तमान सरकार भएकाले प्रधानमन्त्रीले राजिनामा दिएमा आगामी सरकारको नेतृत्वको बारेमा पनि लचिलो भएर छलफल गर्न आफूहरु तयार भएको बताउनुभयो ।

 तिहारअघि सार्थक वार्ताको सम्भावना कमै रहेको टिप्पणीगर्दै रिजालले सरकारको नेतृत्व गरिरहेको दल एकीकृत माओवादीले कुनै ठोस सहमतिको प्रस्ताव ल्याए शीर्ष नेताहरुको वा पार्टी बैठक बसेर भए पनि निर्णय गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । अस्ति बजेट अध्यादेश पारित गरेर राष्ट्रपति  समक्ष तयारी गरेको सरकारले विपक्षी दलको विरोध र राष्ट्रपतिको सुझावपछि मंसिर पहिलो साता बजेट अध्यादेश पारित गर्ने तयारी गरेको बुझिएको छ ।

Related

राष्ट्रिय 2257131587669715928

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item