ट्रक दुर्घटनामा २ जनाको मृत्यु




कैलाली,कात्तिक ३० । 

डोटीको दिपायलबाट धनगढी आउँदै गरेको से १ ख ८५७ नम्बरको ट्रक गएराती साढे १२ बजेतिर कैलालीको सहजपुर गाविस वडा नम्बर २ मा पर्ने भासु भिरमा खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ट्रक चालक हिक्मत बोहरा र त्यसमा सवार डोटीको कालिका गाविस घर भएका भरत शाहको घटनास्थलमै मृत्यु भएको छ । 

घाईते हुनेमा ट्रक मालिक कैलालीको गेटा गाविस ६ का टेकराज भट्ट उहाँका दाजु पदम भट्ट र डोटीको कालिस्थानका गाविसका वडा नम्वर ४ का डल्लु डक्कुला साउद र धनगढीका योगेन्द्र बलायर रहेको र उनीहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक शेरसिँह धामीले जानकारी दिनुभयो ।

Related

विविध 5946545609683121628

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item