आफु सक्षम रहेको अध्यक्ष उम्मेदवार श्रेष्ठको भनाई



चिना थापा,
सिन्धुली,कात्तिक १९ ।

घरघरमा खानेपानी पु¥याउने मुख्य उदेश्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका महेन्द्रदेव श्रेष्ठले आफु अध्यक्ष पदमा निर्वाचित भएपछि गर्ने प्रतिवद्धता र कार्ययोजनाहरुको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

शनिवार श्रेष्ठले जिल्लाको खानेपानीको धरोहरको रुपमा रहेको सिद्धेस्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विगतमा सक्षम नेतृत्व पाउन नसकेकाले जिल्लाको खानेपानीको अवस्था लथालिङ्ग बनेको जानकारी दिनुभयो । अब जिल्लामा खानेपानीलाई व्यवस्थित वनाउनको लागि युवाको नेतृत्व आवश्य रहेकोले यसकार्यलाई सहयोग गर्न समेत श्रेष्ठले सम्पूर्ण उपभोक्तहरुलाई आग्रह गर्नुभयो । खानेपानीको मर्मलाई नबुझ्नेलाई भन्दा खानेपानीको मर्म बुझेकालाई नेतृत्वमा चयन गर्नुपर्ने उहाँको भनाई छ ।

पत्रकार सम्मेलनमा श्रेष्ठले विगतमा आफु सचिवहुदा गरेको प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले विगतमा पनि आफुले संस्थाको प्रगतिको लागि अगुवा भएर काम गरेको पनि जानकारी गराउनुभयो । श्रेष्ठले आफुलाई उपभोक्ताहरुले मत दिइ अध्यक्षपदमा निर्वाचित गरेका जिल्लाको खानेपानी व्यवस्थापनमा जिल्लावासीले गुनासो गर्ने कुनै ठाउँ नदिने वताउनुभयो । वहाले सम्पूर्ण जिल्ला बासीलाई सफल नेतृत्व चुन्न आग्रह गर्दै चुनाव चिन्ह घरमा मतदान गर्न समेत आग्रह गर्नुभएको छ ।

Related

स्थानिय 3197967643868135324

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item