एमाले नेता ओलीलाई उपचारका लागि दिल्ली लगिदै
http://sindhulidarpan.blogspot.com/2012/11/kp-oli.html
काठमाण्डौ,कात्तिक १९ ।
नेकपा एमालेका नेता केपीशर्मा ओलीलाई थप उपचारका लागि आज दिल्ली लैजाने तयारी भइरहेको छ । स्वास्थ्यमा सुधार देखिएपनि यसअघिका सबै उपचार दिल्लीमा भएकाले आज थप उपचारका लागि दिल्ली लैजान लागिएको उहाँको पारीवारीक स्रोतले जनाएको छ । दिउँसो एक बजेसम्म एयर एम्बुलेन्सबाट ओलीलाई दिल्ली लगिने तयारी भइरहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई एयर उम्बुलेन्सबाट भारतको एपोलो अस्पतालमा लगिने एमालेले बताएको छ । एयर एम्बुलेस्नका लागि पैसा डिपोजिट भइसकेको र आकाशको मौसम अनुसार एक बजेसम्म कुनैपनि बेला लैजान सकिने तयारी गरिएको छ । ओलीलाई अस्ति नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

नर्भिक अस्प्तालका अनुसार उहाँको स्वास्थ्यमा सुधार देखिएको छ । फोक्सोमा भएको समस्याका कारण देखिएको निमोनिया, ज्वरो र स्वासप्रश्वास नियन्त्रणमा आएको अस्पतालका उप–निर्देशक आरपी मैनालीले जानकारी दिनुभयो । ओलीको चार वर्ष अघि दिल्लीमा मिर्गौैला प्रत्यारोपण गरिएको थियो । ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीबेर अघि नर्भिक अस्पतालमा पुग्नुभएको छ । त्यस्तै नेकपा एमाले स्थायी समितिको बैठक स्थगित भएको छ । नेता केपी शर्मा ओली बिरामी परेको कारण पछिल्लो राजनीतिक अवस्थामा र निकासका विषयमा पार्टीको धारणा बनाउन बस्ने भनिएको बैठक स्थगित भएको एमालेले जनाएको छ । एमाले सचिव युवराज ज्ञवालीले हिजो वा सम्भव नभए आज बैठक बस्ने तयारी भएपनि ओली बिरामी परेपछि बैठक स्थगित भएको जानकारी दिनुभयो । । स्थायी समितिको बैठक स्थगित भएपनि अनौपचारीक छलफल भने भइरहेको ज्ञवालीले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !