तस्करी रोक्न अरनिको रामार्गमा चेकजाँच कडा

प्रकाश सुन्दास, 
काभ्रे , कात्तिक १९ । 
नयाँ शैली अपनाउँदै साना सवारी साधनमार्फत तस्करहरुले चीनको खासातर्फ अवैध माल सामान निकासी गर्न थालेपछि काभ्रे प्रहरीले अरनिको राजमार्गमा सुरक्षा व्यवस्था कडा बनाएको छ । तस्करीहरुले राजमार्ग भएर साना निजी गाडी, मोटसाइकललागयतका साधनबाट प्रतिबन्धित रक्तचन्दन, सुनाखरी, सालकको खप्पडा, अवैध मुद्रा, हातहातियार जस्ता मालसामान ओसार पसार गर्ने क्रम नरोकिएकाले साना सवारीको चेकजाँचमा कडाइ गर्न बाग्मती अञ्चल प्रहरी कार्यालय जनागालले निर्देशन जारी गरेको हो । 

गएको शुक्रबार काठमाण्डौबाट खासा जादैँ गरेको बा ५ च २३५० नम्बरको निजी जीपबाट अवैध चिनियाँ मुद्रा, चार थान खुकुरीसहित दुई जना चिनिया नागरिक पक्राउ परेपछि राजमार्गको सुरक्षा ब्यवस्था थप कडा पारिएको काभ्रे प्रहरीले जनाएको छ । चाडवाडको अवसर पारेर काभ्रे र सिन्धुपाल्चोक प्रहरीले ल्याएका दुई महिने सुरक्षा रणनीति अनुसार राजमार्गमा गस्तीसमेत निकै बढाइएको अञ्चल प्रहरी प्रमूख पशुपती उपाध्ययले बताउनुभयो । राजमार्गको बन्देउदेखि बाह्रबिसेसम्म सिन्धुपाल्चोक प्रहरीले यात्रु बाहक बसमा नै सुरक्षाकर्मी परिचालन गरेको छ । ‘सुरक्षित राजमार्ग गस्ती अभियान’ नाम दिएर बसमा हतियारसहित प्रहरी परिचालन गरिएको हो ।

Related

विविध 1957671038779442064

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item