म प्रधानमन्त्री बन्दीनः देउवा
http://sindhulidarpan.blogspot.com/2012/11/congress_17.html
काठमाडौ, मंसिर २ ।
काग्रेसमा सरकारको नेतृत्वको विषयमा विवाद रहेको भनेर बाहिर समाचारहरु आईरहेको बेला बरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । हिमालय टेलिभिजनमा आज राती नौ बजेर ५ मिनेटमा प्रशारण हुने द आरडी सो लागी ऋषि धमलासँग कुरा गर्दै उहाँले आफ्नो बाहिर देखाईए जस्तो म प्रधानमन्त्री बन्ने ईच्छा नभएको बताउनुभयो । उहाँले भन्नुभयो म प्रधानमन्त्री बन्दीन । सहमतिकोलागी म बाधक बन्दीन । नेपाली काग्रेसको जो नेताको नेतृत्वमा सहमतिको सरकार बने पनि आफूलाई स्विकार्य भएको भन्दै देउवाले यदि आफ्नै आवश्यकता महसुस भए भने पछि नहट्ने स्पष्ट पार्नुभयो ।
आफू अझै पनि संविधानसभाको पुनःस्थापना बाटै नयाँ संविधान जारी गरेर नयाँ निर्वाचनमा जानु पर्ने पक्षमा रहे पनि पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकोले अब आफू पनि निर्वाचनकै पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा आशंका छ । फेरि नयाँ निर्वाचनबाट पनि संविधान लेखिने नलेखिने सुनिश्चित छैन । त्यसैले मैले सबैभन्दा छाटो बाटे पुनःस्थापनाको कुरा गरेको हु ।
उहाँले आफू आन्दोलन विरोधी नभई प्रक्रियामा केही असहमति रहेको उल्लेख गर्दै अब आन्दोलनलाई शसक्त बनाएर प्रधानमन्त्री बाबुराम भट्टराईलाई ढाल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो – आन्दोलनबाट राजा त फाल्यौ । बाबुराम को नै हो र । उहाँले अहिलेको आन्दोलन को प्रधानमन्त्री बन्न भन्दा पनि प्रक्रियालाई कायम राख्नलाई भएकोले सफल हुने विश्वास ब्यक्त गर्नुभयो । काग्रेसले कहिल्यै पनि राष्ट्रपतिसँग प्रधानमन्त्री हटाउ भनेर नभनेको उहाँले स्पष्ट पार्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !