खानेपानीको चुनावले तात्दै सिन्धुली


थापाद्धारा उमेदवारी फिर्ता 
पोष्टराज पहाडी,
सिन्धुली,  कार्तिक १८ । 
सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको अध्यक्ष पदका लागि उमेदवारी दिएका बैकुण्ठ बहादुर थापाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । 
कार्तिक २२ गते हुने निर्वाचनका लागि उमेदवारी दिएका थापाले निर्वाचन कार्यतालिका अनुसार शुक्रबार आफ्नो उमेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदका लागि ५ जनाको उमेदवारी परेकोमा थापाले उमेदवारी फिर्ता लिएपछि अब ४ जनाको मात्र उमेदवारी रहेको छ । 
अब अध्यक्ष पदका लागि संस्थाका निवर्तमान अध्यक्ष डम्बर बहादुर खड्का, निवर्तमान सचिव महेन्द्रदेव श्रेष्ठ, त्यसैगरि भक्त बहादुर राई र बिजय कुवरको मात्र उमेदवारी बाँकी रहेको छ । 
यस्तै संस्थाको कार्यसमिती सदस्यको पुरुष तर्फका ४ जना सदस्यले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्ता लिनेहरुमा बलराम फुँयाल, विर्ख बहादुर श्रेष्ठ, मेघ बहादुर कार्की र तुल्सी प्रसाद गौतम रहेको निर्वाचन समितीले जनाएको छ । 
५ जनाको लागि १७ जनाले उमेदवारी दर्ता भएको मध्ये ४ जनाले उमेदवारी फिर्ता लिएपछि अब सदस्य पदका लागि १३ जनाको मात्र उमेदवारी रहेको छ । बाँकी उमेदवारहरुमा शंकर प्रसाद अधिकारी, प्रदेश्वर कुमार बर्मा, धनराज नेवा खड्गी, शुभाष राज थापा, बलराम अधिकारी, शिव बहादुर थापा, लोक विक्रम थापा, उत्पल खड्का, सुरज मिश्र (शेखर), चन्द्रमणी पौडेल, भिम प्रकाश श्रेष्ठ, अरुण कुमार उपाध्याय र केशर बहादुर दमाई रहेका छन् ।
संस्थाको महिला सदस्यका लागि रहेको ३ पदका लागि निरु श्रेष्ठ, गंगा कुमारी कार्की, माया देवी थापा, गिता थापा, गंगाकुमारी विश्कर्मा, तारा देवकोटा, विमला शर्मा घोरसाइनी, मेनुका कुमारी तिमल्सीना र कल्पना कार्की खत्री गरी ९ जनाले आफ्नो उमेदवारी दर्ता गराएकोमा मेनुका कुमारी तिमल्सीना र कल्पना कार्की खत्रिले आफ्नो उमेदवारी फिर्ता गरेका छन् । 

Related

स्थानिय 174108587984908100

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item