१३ जना मोतिविन्दुका रोगी फेला



पोष्टराज पहाडी,
सिन्धुली, कार्तिक १८ ।
 सिन्धुलीको खाङ्साङ् गाउ विकास समितीमा १३ जना व्यक्तिहरुमा मोतिविन्दु भएको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा खाङ्साङ्, जानकी आँखा अस्पताल जनकपूर र सामुदायीक आखाँ उपचार केन्द्र सिन्धुलीको आयोजनामा शुक्रबार भएको १ दिने आखाँ शिविरमा चेकजाँचका लागि आएका २ सय १० जनामध्ये १३ जनामा मोतिविन्दू भएको पाइएको हो ।
यसैगरि गत बुधबार डुडभन्ज्याङ् गाउ विकास समितीमा ८ जना र खोलागाऊ गाउ विकास  समितीमा ५ जनालाई मोतिविन्दू भएको पाइएको थियो । शनिबार र आइतबार क्रमश स्वल्पाठाना गाउ विकास समितीमा र ओखलढुङ्गा जिल्लाको वलखुमा आँखा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सो शिविरमा फेला परेका मोतिविन्दु लागेका रोगीहरुको कार्तिक २०, २१ र २२ गते  खाङ्साङ् गाउ विकास समिती स्थिती सुनकोशी उच्च माविमा शिविर सञ्चालन गरेर निशुल्क शल्यक्रिया गरिने आयोजकले बताएको छ ।

Related

स्थानिय 9095581676103718828

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item