संगितमा दाम छैन नाम छ
http://sindhulidarpan.blogspot.com/2012/11/nepali-singer.html
सिन्धुलीको माटोमा हुर्किएका गायक राज पौडेल (प्रीन्स राज) अहिले नेपालको संगितको क्षेत्रमा उदायमान तारा बन्न पुगेका छन् ।
सिन्धुलीबाट पढाईका लागि र पढाई सकाएपछि नेपाली सेनामा जागीर खाने उदेश्यले काठमाडौ छिरेका प्रीन्स राजको टार्गेट र टार्गेट टु गरि २ वटा एल्बम बजारमा आइसकेका छन् । संगितमा दाम छैन नाम छ जसले गर्दा पछि सम्म पनि चिनिन सकिन्छ भन्ने विचार बोकेका उनै गायक प्रीन्स राज सँग सहकर्मी पोष्टराज पहाडीले गरेको कुराकानी :
अहिले कता हुनुहुन्छ ?
काठमाडौ ।
सिन्धुली कहिले आउनु भयो ?
दशैको टिकाको भोली पल्ट । दाजु भाउजु तथा मामा माइजुको हातबाट टिका थाप्नको लागि साथै साथीभाईसँगको भेटघाटको लागि ।
अहिले सिन्धुलीमा को सँग बस्दै हुनुहुन्छ ?
मलाई मिडियामा केहि पर्दा सहयोग गर्ने दाई रोशन लामा सँग ।
कस्तो चल्दैछ जिन्दगी ?
रमाइलोसँग चल्दै छ । सिन्धुली आएदेखीनै साथीभाई तथा शुभचिन्तकसँग भेटघाटमा व्यस्त छु ।
अहिले सम्म दुइवटा एल्बमहरु निकाली सक्नु भएको छ । एल्बम निकाल्ने सोच कसरी आयो ?
पहिले देखीनै आफुमा संगितमा रुचि तथा आफुमा संगित सम्बन्धि कला पनि भएका कारणले एल्बम निकाल्ने सोँच बनाए ।
पहिलो एल्बम टार्गेट कहिले रिलिज गर्नुभयो ?
२०६५ सालमा जुन बेला म कक्षा ११ मा पढ्दै थिए ।
कत्तिको गाह्रो छ भर्खर सुरुवात गरेका नयाँ कलाकारहरुका लागि एल्बम निकाल्न र रिलिज गर्नका लागि ?
मेहनत विना जे कुरा पनि असम्भव छ । त्यहि माथी नयाँ कलाकारहरुका लागि त्यस क्षेत्रमा प्रवेश गर्नै गाह्रो छ । एल्बम निकाल्न र रिलीज गर्न त झनै गाह्रो छ ।
कलाकारहरुलाई एल्बम निकालेकै भरमा बाँच्न साह्रै गाह्रो हुन्छ भन्छन्, तपाईलाई कत्तिको गाह्रो भएको छ ?
एकदम राम्रो प्रश्न गर्नुभयो । अहिलेको अवस्थामा कमाउने उदेश्यले एल्बम निकाल्ने हो भने गाह्रो छ । अहिले त दामको लागि भन्दा पनि नामको लागि एल्बम निकाल्ने हो । मलाई पनि सुरुका दिनहरुमा गाह्रै थियो । पछिल्ला दिनहरुमा भने सहज बन्दै गएको छ ।
टार्गेट र टार्गेट टु मा कस्को साथ पाउनु भएको छ ?
मिलन सुर्खेती जसलाई चाहि म आफ्नो गुरुको रुपमा लिन्छु ।
तपाई कसलाई आइडल मान्नु हुन्छ ?
रुक्माङ्गत कटुवाल र मैले पढेको विद्यालयको प्रिन्सिपल ओम प्रधान ।
टार्गेट र टार्गेट टु बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम सन्तुष्ट छु । त्यहि एल्बमा रहेको मन छाडे मैच्याङ्लाई र ‘यो मनमा तिमीलाई ’ भन्ने गित एकदम चर्चित बनेको छ । धेरै श्रोताले मन पराउनु भएको छ ।
अब कुन एल्बम निकाल्ने तयारीमा हुनुहुन्छ ?
हिपहप रुल्स ।
हिपहप रुल्स कस्तो खालको गिती एल्बम हो ?
यसमा सबै हिपहप गितहरु समेटिएको छ । यसमा ५ गितहरु समावेश छन् । यस एल्बममा सुवास लामा र दिनेश तिरुवाले फिचरिङ गर्नु भएको छ ।
गायन बाहेक अरु के गर्नु भएको छ ?
फिल्म खेल्ने अफर आएको छ तर पनि अहिले फिल्म खेल्ने सोच बनाइसकेको छैन । तर पनि मैले तितो सत्य र ‘किलो ट्याङ्गो माइक मा अभिनय गरेको छु ।
तपाई गायक नबनेको भए यतिखेर के मा हुनुहुन्थ्यो होला ?
मेरो उदेश्य गायकै बन्ने त थिएन यो सब कलाले दिएको हो । यदि म गायक नभइदिएको भए म नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुने थिए होला ।
अबको अगाडीका दिनहरुमा के–के गर्ने सोँच बनाउनु भएको छ ?
अहिलेको जुन क्षेत्रमा म लागि रहेको छु यसैलाई अगाडी बनाउने सोँचमा छु र यसपाली नेपाली सेनाको क्याडेटमा फम भरेर आफ्नो उपसेनानी बन्ने सपना पूरा गर्नेछु ।
नेपाली सेनाको कुरा गर्नुभयो । नेपाली सेना बन्ने रहर कसरी जाग्यो ?
आफ्नो पुर्खाहरु पनि नेपाली सेनामा कार्यरत भएका कारण र अहिले आफ्नो आफन्तजन तथा साथीहरु पनि यसैमा आवद्ध भएको र नेपाली सेनमा हुने अनुशासनले मलाई नेपाली सेना तर्फ आकर्षीत गराएको हो ।
अब अलिकति रमाइला कुरा गरौँ, आफ्नो कुन अंगले यूवतिहरुलाई आकर्षक गर्छ जस्तो लाग्छ ?
आँखा ।
पहिलो प्रेम याद छ ?
हा हा हा .....थोरै थोरै याद छ जुनबेला म सानै थिए ।
पहिलो चुम्बन कहिले भयो ?
जब म कक्षा १२ मा अध्ययनरत थिए ।
तपाईको स्वाभावको बारेमा आफैले आफैलाई मूल्याङ्कन गर्नुपर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
म एकदम रिसाहा छु । केहि काम गर्दा ढिला भयो भने मलाई रिस उठिहाल्छ ।
अहिले विवाहित वा अविवाहित ?
अविवाहित ।
अहिले सम्म प्रेम प्रस्ताव आएको छैन ?
प्रेम प्रस्ताव त धेरै आए र आउदैछन् । तर पनि मनमा एकजनालाई मात्र सजाएको छु ।
तपाईलाई डेटमा जान मन लाग्ने कुनै सेलिब्रेटी छ ?
नम्रता श्रेष्ठ ।
नम्रता श्रेष्ठले डेटमा जान अफर गर्नु भयो भने ?
मैले उहाँलाई भेटिसकेको छु । यदि उहाँसँग डेट जाने आफर पाए भने उहाँसँग अनुमति लिएर किस खान्थे ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !