छठका लागि आवश्यक केराको अभाव, मुल्य वृद्धि (वर्दिबास)
http://sindhulidarpan.blogspot.com/2012/11/festival_18.html
अनु खनाल,
बर्दिबास,मसिंर ३ ।
सुर्यको उपासना गरिने छठ पर्वमा आवश्यक फलफुल केराको यस क्षेत्रमा अभाव भएको छ । छठमा प्रयोग गरिने उखु अन्य फलफुल संगै केरा पनि अत्यावश्यक सामग्रीका रुपमा चिनिएको छ । छठका लागि नभइ नहुने केरा अभाव भएपछि श्रद्धालुहरु चर्काे मुल्य तिर्न बाध्य भएका छन् । चर्काे मुल्य तिरेर पनि भनेजस्तो केरा नपाउने गरेको श्रद्धालुहरुको गुनासो छ । बर्दिबासका श्रद्धालुहरु छठ नजिकैदै गर्दा केरा किन्न छिमेकी गाविस मात्र होइन छिमेकी जिल्ला समेत जाने गरेका छन् ।
श्रद्धालुहरुका अनुसार गत सालमात्र केराको सवैभन्दा ठुलो घरीलाइ एक हजारमा किन्ने गरेका थिए । तर यस वर्ष भने केराको घरीको मुल्यमा दोब्वर तेव्वर वृद्धि भएको बर्दिबासका बर्षाैदेखि छठ पुजा गर्दै आएका सेवकलाल महतोले बताउनुभयो । यसवर्ष छठपर्वकै लागि यस क्षेत्र बर्दिबास, विजलपुरा, हात्तिलेट, किसाननगर, रामनगरलगाएतका श्रद्धालुहरुले केराको एकघरीलाई ३ हजार रुपैयाँसम्म मूल्य तिरेर किन्ने गरेको बताए । छठकै लागि आवश्यक अर्काे सामग्री माटोको ढकनाको मुल्य पनि दुइगुणाले बढेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !