राष्ट्रपतिद्धारा शीर्ष नेतालाई बोलावट



काठमाडौं,  मंसिर ३ ।
 बजेटका बारेमा छलफल गर्न राष्ट्रपति डा.रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुलाई बोलाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज हुने छलफलका लागि डा.यादवले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतालाई बोलाएको स्रोतको भनाई छ । छलफलमा मुलुकको पछिल्लो राजनीतिक निकास निकाल्ने विषयामा पनि परामर्श हुने छ ।

यसैबीच, सहमतिमा बजेट ल्याउनु पर्ने विपक्षी दलहरुको अडान पछि दवावमा रहेको सरकारले संभवत आजै बजेट अध्यायदेश राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ । बजेट एक तृतीयांश हुने बुझिएको छ । डा.यादवले एक तृतीयांश बजेट ल्याउन सुझाव दिए पछि सरकारले सोही तयारी गरेको स्रोतको भनाई छ । अघिल्लो पटक आएको एक तृतीयांश बजेटको समयसीमा आजदेखि सकिदैं छ । सरकारले अध्यादेश बजेट नल्याए सोमबारदेखि खर्चमा समस्या पर्ने छ ।

Related

राष्ट्रिय 1948826470936808032

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item