व्यक्तिगत लगानीमा बाटो मर्मत र विद्यालय भवन निर्माण
http://sindhulidarpan.blogspot.com/2012/11/good-job_5.html
नुवाकोट,कात्तिक २० ।
नुवाकोट जिल्ला नर्जामण्डप गाउँ विकास समिति वडा नं. ५ गहतेका समाजसेवी हर्कमान श्रेष्ठले आफ्नो व्यक्तिगत लगानीमा गाउँको बाटो ममर्त गराउनुभएको छ । नर्जामण्ड र लच्याङ्ग गाउँ विकास समितिको सिमाना भञ्ज्याङ्गदेखि गहतेसम्म जाने गारेटो बाटो उहाँले मर्मत गराउनुभएको हो । त्यसका लागि उहाँले एक लाख रुपैयाँ खर्च गर्नुभएको छ । बाटोको दायाँबाया पर्खाल लगाउने र बाटो फराक गर्ने काम उहाँले गर्नुभएको हो ।
लामो समयसम्म मोरियामा रहेको दुधेदेवी प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहनुभएको उहाँले गाउँमा व्यक्तिगत पहलमा सार्वजनिक काम र विकास निर्माण गर्दै आउनुभएको छ । उहाँले विद्यालयमा आफ्नै लगानीमा तीन कोठे भवन समेत निर्माण गराउनुभएको छ । कक्षा कोठा अभावमा पठनपाठनमा समेत समस्या हुँदै आएको त्यस विद्यालयमा उहाँकै कारणले हिजोआज सहजता मिलेको छ । उमेरका हिसावले ९० वर्ष पुग्नुभएका हर्कमान श्रेष्ठलाई त्यस गाउँमा सवैले सामाजिक काम गर्न प्रेरणाका रुपमा लिने गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !