वन अधिकृत माथिको आक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ती (महोत्तरी )
http://sindhulidarpan.blogspot.com/2012/11/mahottari.html
बिदुर भट्टराई,
महोत्तरी , कात्तिक २० ।
महोत्तरीका वन अधिकृत विधानाथ झा माथि भएको दुव्र्यवहार प्रति विभिन्न संघ संस्थाले आपती जनाएका छन् । महोत्तरीमा रहेका नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल मधेसी निजामति कर्मचारी मञ्च र नेपाल राष्ट्रिय निजामति संगठन महोत्तरीले हिजो संयुक्त रुपमा विज्ञप्ती निकालेर विरोध जनाएका हुन् । संघ संगठनले विरोधका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । आज बित्तिय संस्था, दुर संचार, विधुत प्राधीकरण, नगरपालिकालगायतका कार्यालयका कर्मचारीले कालो पट्टी बाधेर कामकाज गर्ने भएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !