'आफ्नोसगै अरुको अधिकार पनि सुरक्षित गरौँ'
http://sindhulidarpan.blogspot.com/2012/11/rights_8685.html
- चीना थापा, सिन्धुली
पारिवारिक योजना बनाउन नपाउँदै सिन्धुली रतनचुराकी शोभा थापाले परिवारकै सल्लाहमा पहिलो गर्भ पतन गराउनुभयो । छोराछोरीलाई काखमा खेलाउने उहाँको सपना, अहिले रहरमै सीमित भएको छ । लामो समयसम्म फेरि गर्भ नबसेपछि उहाँ अरुलाई गर्भपतन नगराउन सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ “मैले सुरुमै गर्भपतन गराउदा धेरै दुख पाएँ , अहिले घरपरिवारबाट पनि मलाई हेला गर्छन् । श्रीमान्ले पनि शारिरीक र मानशिक तनाब दिन्छन् । घरपरिवारबाट त हेला छदैछ समाजले पनि उतिकै हेला गर्ने गर्छन् ।
बच्चा नपाउने बाँझी यस्ताको मुख हेर्नुहुदैन अगति परिन्छ भन्ने गर्दछन् भने कतै हिड्ने बेलामा बाटामा भेटियो भने पनि साईतमा हिडेको अब साईत विग्रियो भन्ने गर्छन र नाना थरिका गालिगलौज पनि गर्छन् । अहिले अरु दिदीबहिनीहरुले बच्चा खेलाको देख्दा आफ्नो पनि एउटा मात्र बच्चा भईदिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ के गर्नु बेलैमा बुद्धि जानिएन । त्यसैले महिले बच्चा नभएको कारण धेरै दुख पाएँ , अरु दिदीबहिनीहरुलाई बरु बच्चा जन्माएर आफुलाई पुगिसकेपछि मात्र गर्भपतन गराउन र स्थायी साधनको प्रयोग गर्न सुझाब दिनुहुन्छ ।” त्यसैगरी बासेश्वर गाविसकी दिपिका बस्नेतले पनि पहिला छोरा जन्माउने भन्दै छोरी भएको कारण गर्भपतन गराउनुभयो । पछि बच्चा जन्माउने धेरै प्रयास गर्नुभयो तर उहाँको प्रयास सफल हुन सकेन । त्यसपछि उहाँलाई दिनदिनै घरपरिवारले हेला गर्न थाले, श्रीमान्ले पनि शारिरीक र मानसिक यातना दिन थाल्नुभयो र अर्को विवाह गर्नुभयो । बस्नेत घरपरिवारको मात्रै हेलामा परिनन् , समाजले पनि उनलाई हेला गर्छन् । पहिला छोरो जन्माउने चाहानामा गर्भपतन गराएको कारण आफुले धेरै पिडा सहनु परेको छ । गर्भपतन पछि आफ्नो गर्भ नबसेपछि उहाँ हरुलाई आफुलाई चाहिने जति सन्तान जन्माएर मात्र गर्भपतन गराउन र सकभर नगराउन नै सल्लाह दिनुहुन्छ । गर्भपतन गराउँदा सबै महिलाहरुको यस्तो नहुन पनि सक्छन् । मेरो बच्चा नभए पनि अरु साथिहरुको भएको पनि छ तर आफ्नो चाहीँ भएन् उहाँले भन्नुभयो ।
त्यस्तै सिन्धुली मरिण खोलाकी परिवर्तित नाम सुनिता थापाले पनि विवाह गरेपछि छिट्टै बच्चा नजन्माउने भन्दै परिवारको सल्लाहमा नै पहिलो गर्भपतन गराउनुभयो । पछि उहाँले बच्चा जन्माउन धेरै प्रयास गर्नुभयो तर उहाँको प्रयास पनि सफल हुन सकेन । उहाँले बच्चा जन्माउनको लागि धेरै औषधी गर्नुभयो र धेरै ठूला नाम चलेका हस्पिटल पनि धेरै धाउनुभयो । तर के गर्ने विडम्वना उहाँको त्यो प्रयास निरासमा परिणत भयो । सुनितालाई अरुले जस्तो दुख र पिडा भने भोग्नुपरेको छैनन् । उहाँको श्रीमान् शिक्षक हुनुहुन्छ । समाजले नाना थरीका कुरा काटे पनि उहाँलाई श्रीमान्ले धेरै सहयोग गर्नुहुन्छ । श्रीमान्ले सहयोग गरे पनि उहाँको मन भने धेरै दुखी हुन्छ किनकी उहाँलाई बच्चा काखमा खेलाउने रहर रहरमै सिमित भएको छ । उहाँ भन्नुहुन्छ, “अरुले काखमा बच्चा खेलाको देख्दा आफुलाई नी खेलाउन मन लाग्छ । तर आफ्नो अधिकार खोज्दा अरुको अधिकारको पनि हनन् गर्नुहुँदैन् ।”
सिन्धुली जिल्लामा सुरक्षित गर्भपतन सेवा लागु भएपछि गर्भपतन गराउने महिलाको संख्या गत वर्षहरुमा बढेको भएपनि पछिल्लो समयमा घट्दै गएको सिन्धुली अस्पतालले जनाएको छ । सरकारले यसलाई कानुनी मान्यता दिएपछि असुरक्षित यौन सम्पर्क र अनिश्चित गर्भपतन गराउनेको संख्या २०६७ मा १ सय ६० जनाले गर्भपतन गराएका थिए भने २०६८ सालमा एक सय जना महिलाहरुले मात्र गर्भपतन गराएको अस्पतालको भनाई छ । पहिलो पटक गर्भपतन गराएपछि हजारमा २० प्रतिशतले बच्चा जन्मने सम्भावना कम हुने डाक्टरहरुको भनाई छ । नेपाल सरकारले २०५२ सालबाट गर्भपतनलाई कानुनी मान्यता दिएपनि सिन्धुलीमा भने बिगत ५ बर्षदेखि यो सेवा प्रदान गरिदै आएको छ । जिल्लामा पहिलो पटक गर्भपतन गराउन आउने महिलालाई गर्भपतन नगर्न भन्ने र गराउनै परेपनि दक्ष डाक्टरहरुबाट गर्भपतन गराउन डाक्टर रुपा लामाको सुझाव छ । उनका अनुसार सुरुमा गर्भपतन गराउदा पछि गर्भ बस्ने स्थिति कमै हुने हुन्छ । यदी गराउनै परेछ भने पनि दक्ष डाक्टरहरुको सल्लाह बमोजिम गर्भपतन गरायो भने मात्र महिलाहरुलाई सजिलो हुन्छ ।
सिन्धुली अस्पतालमा धेरै जसो सन्तानको रहर पुगेका र केही असुरक्षित यौन सम्पर्कबाट पनि गर्भपतन गराउन आउने गरेका सिन्धुली अस्पतालका डा. छविलाल थापामगरले बताउनुभयो । उनका अनुसार गर्भपतन गराईसकेपछि ६ महिना ६० दिन सम्म बच्चा जन्माउनु नहुने, स्थायी साधनको प्रयोग गर्नुपर्ने छ । सिन्धुली जिल्लामा महिला,पुरुष जसको आए पनि गर्भपतन गराउने गरेको डा. थापामगरको भनाई छ । सुरक्षित गर्भपतन भएकाले पनि महिलाले चाहेमा कुनै पनि समयमा जो कोहीले पनि सेवा लिन सकिने र आफुहरुले पनि सेवा प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । कानुन विद् सुसिला थिङ्का अनुसार समय भन्दा अगावै कृतिम तरिकाले गर्भपतन गराउनुलाई गर्भपतन भनिन्छ । १२ हप्ता सम्मको गर्चलाई महिलाको मन्जुरीले गर्भपतन गराउन पाईनेछ । जवरनस्ती करणी र हाडनाता करणी सम्वन्धि १८ हप्ता सम्मको गर्भपतन गराउनको लागि महिलाहरुले कानुनी परामर्श लिनु पर्दैन । त्यसैगरी महिलाको मन्जुरीले गर्भवती महिलाका ज्यानमा खतरा पुग्ने भएमा, स्वास्थ्य सारिरीक र मानसीक रुपमा खराव हुने भएमा र विक्लाङ्क बच्चा जन्माउने भएमा डाक्टरको सल्लाह सुझाव र कानुनी प्रावधान अनुसार गर्भपतन गराउन पाईनेछ । मान्यता प्राप्त नेपाल मेडिकल काउन्सील २०३० मा दर्ता भएको सम्वन्धित स्वास्थ्य संस्थामा गर्भपतन गराउनुपर्ने र अनुसुची वमोजिम फारम भरेर पनि गर्भपतन गरिन सकिनेछ । महिलाहरुको गोपनियताको हक हुन्छ ।
गर्भ बोक्ने महिलाको आफ्नो गोपनियताको हकलाई अधिकार प्रयोग गर्दा अरुको अधिकारको पनि हनन् गर्नु नहुने कानुनमा व्यवस्था गरिएको छ । अदालतमा मुद्धा चलिरहेको अवस्थामा पनि उनीहरुले बुझ्न चाहेमा मात्र नत्र भने उनीहरुको नाम बाहिर ल्याउनु हुदैन र गोपनियतालाई हनन् गर्नु हुदैन् । प्रक्रिया पु¥याएर गर्भपतन गराएमा कुनै पनि अपराध नमानिने र दण्ड सजाए नहुने प्रावधान रहेको छ । लिङ्गको आधारमा छोरा वा छोरी भनेर पहिंचाहन गरेर गर्भपतन गराईन्छ भने त्यसलाई अपराध मुलुकी ऐन नम्वर २० क मा व्यवस्था गरे अनुसार गर्भपतन गर्ने उदेश्यले भ्रुणको लिङ्ग पहिचान गर्ने र गराउनेलाई ३ देखि ६ महिना कैद सजाएको व्यवस्था छ भने लिङ्गको आधारमा पहिचान गरेर गर्भपतन गर्ने गराउने दुवैलाई ६ महिना देखि २ वर्षसम्म कैद सजाएको व्यवस्था रहेको छ । २५ हप्ता सम्मको आफ्नो इच्छा विपरीत गर्भपतन गराउन लगाएमा ३ महिना कैद र २५ हप्ता भन्दा बढीको भएमा ६ महिना कैद । २५ हप्ता सम्मको जानजानी महिलाले भूलबस गर्भपतन गर्दा ५ सय जरिवाना र २५ हप्ता भन्दा माथिको भएमा एक हजार सम्म जरिवानाको व्यवस्था रहेको छ । महिलाको स्वास्थ्य स्थितिमा ध्यानमा नराखी कन भूल बस आएको कानुनलाई सम्शोधन गर्नुपर्ने आवश्यकता रहेको छ । यसले गर्दा लिङ्गको माध्यमा छोरीको भ्रुण हत्या प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धरेै बढेको छ । सिन्धुली जिल्ला अस्पतालमा गर्भपतन गराउने महिलाको तथ्यांक हेर्दा विगतका वर्षहरुमा भन्दा आर्थिक वर्ष २०६७÷०६८ मा गर्भपतन गराउनेको संख्या बढेको देखिन्छ । तर असुरक्षित यौन सम्पर्कबाट रहने अनिश्छित गर्भपतनका लागि यो सेवा प्रभावकारी भएपनि दक्ष चिकित्सक र भविष्यकोबारेमा नसोचीकन गर्भपतन गराउनु ठीक होइन, भन्नेतर्फ पनि सचेत हुनुपर्छ । सुरक्षित गर्भपतन सेवालाई सरकारले पनि मान्यता दिईसकेको हुँदा आफ्नो अधिकार खोज्दा अरुको अधिकारको पनि हनन् गर्नुहुँदैन् भन्ने पनि हामी सवैले सोच्नुपर्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !