प्रेम विवाहको लागी छोरीद्धारा आमाको हत्या
http://sindhulidarpan.blogspot.com/2012/11/murder_5.html
न्युदिल्ली । भारतको मध्य प्रदेश स्थित ईन्दोरमा एक युवतीले प्रेम विवाहको विषयमा विवाद हुदा आफ्नै आमाको हत्या गरेकी छिन् । प्रहरीले ती हत्यारा युवतीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार छोरी मिना प्रेम विवाह गर्न चाहन्थिन भने आमा गिता अग्रवालले सो प्रस्ताव अस्विकार गर्दै आईरहेकी थिईन । छोरीले हत्या गरेको हुनसक्ने भन्दै सोधखोज गर्दा उनले आरोप स्विकार गरेकी थिईन् ।
आफुले एक युवकसगँ प्रेम गर्दै आईरहेको अन्तत प्रेमलाई विवाहमा परिवर्तन गर्न चाहन्थे तर मेरो सो प्रस्ताव आमाले अस्विकार गर्नुभएन र हत्या गरे भन्दै उनले प्रहरीसामु वयान दिएकी थिईन । ती आमाको हत्या गर्ने युवती फिजियोथेरापीको छात्रा रहेको पनी खुल्न आएको छ । वडगोंदा प्रहरी कार्यालयका पुरुषोत्तम मरावी भने पक्राउ परेकी ती युवतीलाई आवश्यक कारावहिको लागी प्रक्रिया अघाडी वढाईसकिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !