सिन्धुलीका कार्यालयमा छड्के, ४६ कर्मचारी अनुपस्थित


 रमा कार्की,
सिन्धुली,कात्तिक २० । 
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज जिल्लाका सरकारी कार्यालयमा छड्के निरिक्षण गरेको छ । कार्यालयका कर्मचारीहरुको हाजिरी समेत निरिक्षण गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी केशव आचार्यको निर्देशन तथा सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको नेतृत्वमा गएको निरिक्षण टोलीले  १४ वटा सरकारी कार्यालयका १९ जना अधिकृत स्तरका र १९ जना सहायक अधिकृत स्तरका गरी जम्मा ४६ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको भेटिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा ऋषिराज काफ्लेले जानकारी दिनुभयो । 
कर्मचारी अनुपस्थित रहेको सम्बन्धीत कार्यालयलाई कारण सहित लिखित स्पष्टिकरण र विभागिय कार्वाहीका लागि प्रशासनकार्याले पत्राचार गर्ने पनि काफ्लेले वताउनुभएको छ । 

Related

स्थानिय 3563388673610891706

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item