सर्लाहीमा श्री १६ नारायण विराट महायज्ञ शुरु


 सुरेश बिडारी,
सर्लाही,मसिंर २ । 

सर्लाहीको हरिवन सुकेपोखरीमा आज देखि श्री १६ विराट नारायण महायज्ञ शुरु भएको छ । विश्व शान्तिको कामना गर्दै समस्त प्राणीको कल्याण र पितृको उद्धारका नीम्ति महायज्ञको आयोजना गरिएको हो । नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो भनिएको महायज्ञको प्रमुख पण्डित समेत रहेका हरेराम संकीर्तन महा समिती नेपालका संरक्षक अजित प्रसाद गौतमले महायज्ञको बिहान उद्घाटन गर्नुभएको थियो । 

हरेराम संकीर्तन महासमिती नेपाल सहित सर्लाहीका विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गरेको महायज्ञमा १ सय ९२ जना पण्डीतले प्रत्येक दिन २४ सैं घण्टा विभिन्न धार्मिक प्रवचनहरु दिने महायज्ञ आयोजक मुल समारोह समितीका संयोजक केदारनाथ मैनालीले जानकारी दिनुभयो । आजै उद्घाटन अघि शोभा यात्रा पनि गरिएको थियो । महायज्ञ व्यवस्थित बनाउनका लागि ३० जना स्काउटका प्रतिनीधि सहित ३ सय ३० जना स्वंय सेवक खटाइएको छ । हरिवन ६ सुकेपोखरीमा रहेको चतुर्भुजेश्वर क्याम्पस परिसरमा शुरु महायज्ञ सात दिन सम्म निरन्तर चल्ने छ ।

Related

विविध 6997180254920129480

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item