२७ जुवाडे पक्राउ, पक्राउ पर्नेमा सैनिक जवानसहित नेताहरु
http://sindhulidarpan.blogspot.com/2012/11/play-card_15.html
सुनसरी,कात्तिक ३० ।
सुनसरीको इटहरी ५ स्थित एक घरबाट आज बिहान नेपाली सेनाका एक जवानसहित २७ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय रामनारायण राउतको घरमा जुवाको खाल सञ्चालन भइरहेको अवस्थामा घरमुली राउत, उनका छोरा भरत र सेनाका जवान भरत गिरीसहित २७ जना जुवाडेहरु पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुबाट दुई लाख रुपैयाँभन्दा बढी नगदसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्याम सारु मगरले जानकारी दिनुभयो ।
कौडा र तास खेलिरहेको गोप्य सूचनाका आधार इलाका प्रहरी कार्यालय इटहरी र पकलीको संयुक्त टोलीले छापा मार्दा केही भागेका थिए । पक्राउ पर्नेहरुमा माओवादी नेता प्रमोद शेर्पा, एमाले नेता बन्नलाल चौधरी, ज्योति मावि इटहरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा रक्तमाला प्रहरी चौकीका अध्यक्ष कल्याणबहादुर कार्कीलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय इटहरी, पकली र खनार प्रहरी चौकीमा राखिएको छ । आज सरकारी कार्यालय र जिल्ला अदालत बन्द हुने भएकाले भोलि उनीहरुलाई अदालत पेश गरिने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मगरले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !