राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहीको निधन
http://sindhulidarpan.blogspot.com/2012/12/death_14.html
काठमाडौं, मंसिर २९ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान गणेश शाहीको आज बिहान निधन भएको छ । लामो समयदेखि भारतमा रहँदै आउनुभएका शाहीको लखनउस्थित विवेकानन्द अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सन् २००१ मा क्यानडमा भएको विश्वकप छनोट आइसीसी ट्रफी क्रिकेट प्रतियोगितामा कप्तानी गरेका शाही विगत केही समययता कलेजोको समस्याबाट पीडित थिए । विकेटकिपर–ब्याट्सम्यान शाहीले सन् १९९६ मा मलेसियामा भएको पहिलो एसीसी ट्रफी क्रिकेट प्रतियोगितादेखि राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका थिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !