विश्व किर्तिमान राख्न खोज्दा ज्यान गयो


तनहुँ,मसिंर २९ ।
विश्व कीर्तिमान राख्नका लागी भन्दै जल्दै गरेको सुरुङ्ग भित्रवाट मोटरसाइकल गुडाउने क्रममा घाइते भएका तनहुँका एक युवाको मृत्यु भएको छ । गत मंगलवार जल्दै गरेको वाँसको टनेलबाट मोटरसाइक गुडाउँदा जलेर घाइते भएका व्यास नगरपालीका वडा नम्बर १ भादगाउँका २८ वर्षीय सुरेश पन्थको उपचारको क्रममा मृत्यु भएको हो । भारतीय सेनामा कार्यरत पन्थलाई थप उपचारको लागि हवाईजहाजवाट भारत लैजाने तयारी हुँदै गर्दा बीर अस्पतालमा मृत्यु भएको हो । पन्थसँगै जलेर घाइते भएका २९ वर्षीय सुमित थापा परियारको भने उपचार भइरहेको छ ।  पन्थ र थापाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार हुन नसकेपछि थप उपचारको लागि गत बुधवार काठमाडौं ल्याइएको थियो ।

Related

विविध 1124897305635169863

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item