छोराकी सालीलाई श्रीमती बनाउँदा…


-जीवन विसी

काठमाडौं,  पुस ६ । उमेरले ९१ वर्ष पुगेका मालु–७, दोलखाका गणेशप्रसाद दाहालका साख्खै छोरा हुन् ६१ वर्षीय परशुराम दाहाल । तर, उनीहरूको अर्को नाता पनि छ । गणेशप्रसादका साढुदाइ पनि हुन् परशुराम । आºनो जेठा छोरा परशुरामकी साली भागीरथीलाई गणेशप्रसादले छैटौँ श्रीमतीका रूपमा भित्र्याएपछि उनीहरूबीच साढुको नाता कायम भएको हो ।

छोराकी साली बिहे गरेर नाताको घनचक्करमा परेका गणेशप्रसाद बिहीबार सर्वोच्च अदालतमा भेटिए । आºनै छोरा उर्फ साढुदाइविरुद्धको मुद्दा लड्न सर्वोच्च धाएका रहेछन् उनी । ‘छोरा भन्नुस् या साढुदाइ भन्नुस्, यसकै कारण मैलै जिन्दगीभर कमाएको सम्पत्ति उपभोग गर्न पाइनँ, त्यसैले जिल्ला, पुनरावेदन हुँदै सर्वाेच्चसम्म न्यायका लागि आएको छु,’ सर्वाेच्च अदालतमा बकसपत्रसम्बन्धी मुद्दाको सुनुवाइमा उपस्थित भएका गणेशले भने, ‘हो मैले ६ वटी विवाह गरेँ तर छोराकै साली विवाह गरेकाले म बेघर भएँ ।’
बाबुको कुरा सुन्नेबित्तिकै छोरा परशुरामले सर्वाेच्च परिसरमै जवाफ फर्काए, ‘मेरी साली तिमीले विवाह गर्‍यौ, यसमा मेरो गुनासो छैन तर छोराको नाताले त सम्पत्ति पाउनुपर्‍यो नि †’
उमेरमा ठेक्कापट्टा, व्यापार गरी मनग्य सम्पत्ति आर्जन गरेका गणेशले ६ वटी श्रीमती विवाह गर्न भ्याए । जेठी श्रीमतीबाट ३ र माइली श्रीमतीबाट ५ सन्तान जन्माएका गणेशले वृद्ध अवस्थामा रेखदेख गर्ने सर्तसहित सबै सम्पत्ति छोराहरूको नाममा गरिदिएको बताए । ०४३ मा सम्पत्ति सबै छोराका नाममा गरिदिएपछि छोराहरूले उनीहरूलाई रेखदेख भने गरेनन् । रेखदेखको माग गर्दै उनले ०६३ सालमा पुर्शरामविरुद्ध दोलखा जिल्ला अदालतमा मुद्दा दायर गरे ।
‘त्यतिबेलादेखि छोरासित अदालतमा लड्दै छु,’ गणेशले भने । जिल्ला अदालत दोलखाले छोरा परशुरामका पक्षमा फैसला गरिदिएपछि उनी पुनरावेदन अदालत पाटन आएका थिए । पाटन अदालतले पनि छोराकै पक्षमा फैसला गरिदिएपछि उनी ०६८ मा सर्वाेच्च अदालत पुगेका हुन् । सर्वाेच्च अदालतले पनि छोराकै पक्षमा फैसला गरिदिएपछि उनले पुन: पुनरावलोकनको निवेदन सर्वाेच्चमा दिएका थिए । उक्त मुद्दाको सुनुवाइ सुन्न दोलखाबाट बाबुछोरा बिहीबार सर्वाेच्च अदालतमा आए तर समयको अभाव देखाउँदै सर्वाेच्चले मुद्दाको सुनुवाइ नगरेपछि अर्काे सुनुवाइको म्याद बुझे ।
सर्वाेच्च परिसरमा बाबु गणेशले आफूले ६ वटी श्रीमती विवाह गरे पनि हाल कान्छी (छोराकी साली) मात्र आºनो साथमा रहेको बताए । ‘उमेरमा त दुई/दुईवटी श्रीमतीका साथमा दिन–रात बिताउँथँे तर अहिले एउटी मात्र छ,’ उनले भने, ‘ठेक्कापट्टा गर्दा छोराकी साली भगरिथीसंग हिमचिम बढेपछि विवाह गरेको हुँ ।’ उनले अझै विवाह गर्ने मन भए पनि तन नभएका कारण नसकेको बताए । गणेशले भने, ‘९१ वर्षमा अर्काे विवाह गर्न पाए त नेपालमा नामै रहने थियो ।’ गणेशले विवाह गरेका ६ श्रीमतीमध्ये चारजनाको मृत्यु भइसकेको छ भने एउटीले छाडेर हिँडेकी रहिछन् ।
बाबु गणेशले आफूलाई पालनपोषण नगरेको भन्दै मुद्दा दायर गरे पनि छोरा परशुरामले भने अस्वीकार गर्दै आएका छन् । उनले भने, ‘जिन्दगीभर श्रीमती ल्याउने काम मात्र गरे तर हामीलाई थोरै सम्पत्ति दिँदा पनि मन दुखाएर मुद्दा हालेका छन् ।’
गजब छ बा †
जेठा छोरा परशुरामकी साली भागीरथीलाई भगाएका ९१ वर्षीय गणेशप्रसादले आफ्नी बुहारीलाई जेठीसासू मान्नुपर्ने हुन्छ भने नाति–नातिनालाई भतिजा–भतिजी । गणेशकी छैटौँ श्रीमतीबाट जन्मिने सन्तानले परशुरामलाई दाइ भन्ने कि ठूलोबुबा ? भागीरथीका आमाबाबुलाई गणेशले सम्धि–सम्धिनी भन्ने कि सासू–ससुरा ?
साभार:सौर्य दैनिक

Related

विविध 5087946107760820518

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item